बेनी नगरपालीका–२,ज्यामरुककोटको अर्जुन माध्यामिक विद्यालयको भवन निर्माणका लागि विद्यालयको खाताबाट निर्माण उपभोक्ता समितिलाई सापट स्वरुप दिइएको विद्यालयले जनाएको छ।

कोरोना भाइरसका कारण आवको अन्तिम समयमा कार्य सम्पन्न गर्न समस्या भएपछि रड सिमेन्ट खरिदका लागी गरिमा विकास बैंकबाट ३ लाख झिकेर दिएको वडा अध्यक्ष समेत रहनुभएका विब्यस अध्यक्ष हिराबहादुर थापाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष थापाले लकडाउनको समयमा काम सम्पन्न गर्न उक्त रकम निकालिएको बताउँदै समाचारमा उल्लेख भए जस्तो कारण नभएको समेत प्रष्ट पार्नुभएको छ । ‘सापटी पैसा फिर्ता दिन समेत निर्देशन दिइसकेको थिए,‘ढिलो गरी रकम जम्मा भएको देखिन्छ’ अध्यक्ष थापाले भने ।  ब्यक्तिगत स्वार्थ तथा गलत नियत नभएकाले केही ब्यक्तिबाट गलत प्रचारप्रसार गरिएको दावी समेत गरिएको छ ।

बेनी नगरपालिका प्राबिधिक तथा आर्थिक सहयोमा टस्ट भवन निर्माणका लागि बिनियोजन भएको बजेटले अपुग भएकाले निकालिएपनि निर्णय भएको लामो समयपछि मात्रै जम्मा भएकाले निर्वतमान प्रअ शिव कुमार खत्रीसँग विवाद समेत भएपछि पदबाट राजिनामा दिएका थिए ।

टस्ट भवन निर्माणका लागि नगरपालिकाको १६ लाख बजेट र करिव २ लाख ८२ हजार स्थानीय जनश्रमदान गर्नुपर्ने योजनामा प्राविधिक मुल्याङकन गर्दा १२ लाख ७६ हजार निस्किएको सहित समितिको बैठक नबसी ३ लाख निकालिएको चार महिनापछि मात्रै थाहा पाएको भन्दै समितिका सदस्यले दिएको जानकारी सहितको समाचार बेनीअनलाइन लगायत विभिन्न संचारमाध्यममा ब्यवस्थापन समितिको निर्णय विना रकम निकालिएको समाचार प्रकाशित भएको थियो ।

विद्यालयका निर्वतमान प्रअ खत्रीले गरिमा विकास बैंकमा ३ लाख एकबर्षे मुद्धतीको समय सकिएकाले प्रयोग गर्ने प्रस्ताव गरेपछि जेठ ८ गते पैसा निकालिएको थियो । असारको अन्तिम साता सम्पन्न भएको प्रतिवेदन अनुसार नगरपालिकाले १२ लाख ७६ हजार निकासा गरेपनि बैंकबाट निकालिएको ३ लाख विद्यालयको खातामा जम्मा नगरेको भेटिएको थियो ।

उपभोक्ता समितिलाई नगरपालिकाको निकासा गरेको पैसा दिएको अवस्थामा विद्यालयको खाताबाट निकालिएको ३ लाख जम्मा गर्न ब्यवस्थापन समितिले साउन २३ गते निर्णय गरेपछि साउन २९ गते विद्यालय प्रशासनले बैंकमा जम्मा गरेको थियो ।

आर्थिक अनियमितता लगायत सम्रग आर्थिक बर्ष ०७५÷०७६ सालको आर्थिक विवरणको खर्च विवरण तयार पार्न वडा अध्यक्ष समेत रहेका विब्यस अध्यक्ष थापा र सदस्य भिमबहादुर पौडेल रहेको दुई सदस्यीय समिति समेत गठन समेत गरेको छ । विद्यालयमा शिक्षक माथि नै हातपात, विद्यार्थी कुट्ने, आर्थिक अपारदर्शीता लगायत विभिन्न घटनालाई विगतमा गुपचुप पार्ने गरिएको थियो ।

यो पनि पढ्नुहोस: खाताबाट निकालिएको ३ लाख दबाबपछि बैंकमा फिर्ता

Leave a Reply