अविरल बर्षासँगै बस्ती माथिबाट खसेको पहिरोले रघुगंगा गाउँपालिका–४,दग्नामका ८ घरधुरी विस्थापित भएका छन् । भिरालो जमिन, कमजोर माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले जमिन चिराचिरा परेपछि वडा अध्यक्ष एकबहादुर गर्बुजा सहित ८ घरपरिवारले तत्काल अस्थायी बसोबासको गर्ने गरी सुरक्षित स्थानमा स्थायी स्थानान्तरण भएका छन् ।

लगातारको बर्षासँगै दग्नामको गैरीगाउँबाट वडा अध्यक्ष गर्बुजा, छ बहादुर गर्बुजा, रमायाँ गर्बुजा, रेशम गर्बुजा, टोया गाउँबाट म बहादुर गुर्बजा, तुलबहादुर गर्बुजा र माझिगाउँबाट तुल बहादुर विक, गंगा गर्बुजाको परिवारले घर छोडेर सुरक्षित स्थानमा गएको जनता माविका प्रधानाध्यापक गुन पुनले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘खेतीयोग्य जमिन समेत चिराचिरा गरेको छ,‘सिंगो गाउँ पहिरोको जोखिममा छ’ पुनले भन्नुभयो । बस्तीभन्दा तल र माथिबाट पहिरोको चपेटमा परेका दग्नामबासीको सयौं हेक्टर जमिन ध्वजा फाटेपछि थप त्रसित भएका छन् ।

यसअगाडी गाउँकै राम्कुलीबोटमा पहिरोले कृष्ण गुर्बजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्बर गर्बुजा, खड्क गर्बुजा, खविर तिलिजा, चन्द्र शेरपुञ्जा, केआईसिङ गर्बुजा र रन बहादुर गर्बुजाको घर उच्च जोखिममा परेको छ । स्थानीयबासीले पहिरोले उठिबास लगाएपछि भोक निन्द्रा सबै हराएको बताएका छन्। दग्नाममा करिब २ सय घरधुरी छन् ।

यो पनि पढ्नुहोस् : दग्नामको राम्कुलीबोटमा खसेको पहिरोले १० घरधुरी जोखिममा

 

Leave a Reply