सामाजिक सेवाको क्षेत्रमा सक्रिय लायन्स क्लव अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले मृगौला पीडित एक महिलाको उपचारका लागि रु ७५ हजार आर्थिक सहयोग गरेका छन् । सदरमुकाम बेनीसंगै जोडिएको पर्वत बेनीमा बस्दै आउनुभएकी  मिर्गौला पीडित जमिला खातुनको उपचारमा दुईवटा संस्थाले करिब रु ७५ हजार सहयोग गरेका हुन् ।

लायन्स क्लब अफ बेनी सिटीको तर्फबाट रु ५४ हजार ७ सय ८५ र मुस्लिम समाजको तर्फबाट रु २० हजार गरी कुल ७४ हजार ७ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरिएको लायन्स क्लव अफ बेनी सिटीका पूर्वअध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।सहयोग रकम आज विहान  पीडित परिवारलाई अस्तान्तरण गरिएको छ ।

लायन्स कल्ब अफ बेनी सिटीका अध्यक्ष अमित बाँनिया,पूर्व अध्यक्ष सुविन श्रेष्ठ,दिपेन्द्र श्रेष्ठ,अम्बिक श्रेष्ठ,मुस्लिम समाजका अध्यक्ष रहमत खाँन,बेनी सिटीका सदस्यहरु लगायतको उपस्थितिमा पीडितलाई सो सहयोग सहयोग हस्तान्तरण गरिएको थियो।

लायन्स कल्ब अफ बेनी सिटीले कोभिड–१९ को संक्रमणबाट जोगाउनका लागी स्वास्थ्य साम्रागी फेससिल म्याग्दी जिल्लाको ५ वटै गाँउपालिकाहरुमा ५०÷५० वटाको दरले बितरण गरेको थियो भने बेनी नगरपालिका–५ पुलाचौरमा रहेको पुलाश्रम मन्दिर वरीपरी रुद्राक्ष र एभोकाडोको बिरुवा बृक्षारोपण पनि गरेको पूर्वअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Leave a Reply