हिन्दू सनातनधर्म भित्रका हरेक चाडपर्वहरुकाआफ्नै महिमाएवं गहनआध्यात्मिक रहस्यहरु छन्। यि सबै पर्वहरुकाआफ्ना छुट्टै पहिचान र गौरवमय परम्परा पनि छन्। यिनिहरुमाविजयादशमिअर्थात् बडा दशैंलाई धेरै महत्व र ठूलो उत्सवका साथ राष्ट्रिय पर्वको रुपमामनाउने गरिन्छ।

आश्विनशुक्लप्रतिपदाको दिन घटस्थापनाको प्रारम्भसँगै मनाइने यस पर्वको प्रभावकोजाग्रत पूर्णिमासम्म रहन्छ। यस अवसरमाचारैतिरको वातावरण सुरम्य, सुमधुर र रमणिक रहन्छ। प्रकृतिले समेत यसबेलाकाँचुली फेरेको हुन्छ। हर व्यक्तिमा रहर, खुशी र प्रफुल्लताको भाव पाइन्छ।

धार्मिक विधि–विधानका साथमनाईने यस पर्वमाआफ्ना सम्मानितअग्रज, आफन्तबाट टिका, जमरा लगाउनुका साथै आशिर्वाद प्राप्तगर्ने परम्पराले पनिआपसी स्नेह, सद्भाव र शक्तिअभिवृद्धि भएको महसुस हुन्छ।

विजयादशमी एक पवित्रपर्व हो तापनि यस भित्रको गहनआध्यात्मिक रहस्यको यथार्थ बोध नहुनाले यसबेलानिरिह पशुपंछिको मारकाट तथाबलि चढाउने कुसंस्कारको कारण आज यो पर्व केवल परम्परा कायम राख्नमामात्रसिमित रहेको छ।

वास्तवमाअसत्यमाथि सत्यको, असुरत्वमाथि देवत्वको, तमोगुणमाथि सतोगुणको, रावणमाथि रामको विजयको रुपमामनाइने विजयादशमीविशेष प्रतिकात्मक छ। विजयादशमी एक सर्वोत्तम र सर्वश्रेष्ठ पर्व हो। यसलाई दशहरा, दशैं, दशमीआदि कैयौं नामबाट सम्बोधनगरिन्छ, जुनदशको अङ्कसँग सम्बन्धित छ।

विशेषतःविजयादशमीलाई श्रीरामद्वारा दश टाउका भएको रावणको संहारसँग सम्बन्धितपर्व मान्ने हो भने नित्तान्तै यस कथनको गहनआध्यात्मिक रहस्यको बोध हुन जरुरी छ। नत्र यो पर्व केबल परम्परामामात्रसिमित हुन्छ। के हो त यस पर्वसँग राम र रावणको आध्यात्मिक रहस्य?

रावण अर्थात् रुवाउने, जसले अरुलाई दुःख, कष्ट, पिडा दिएर रुवाउँछ। रावण अर्थात आसुरी शक्तिको प्रतिक, राक्षसी स्वभावको प्रतिक। आज संसारका हरेक मानिस दुःख, अशान्ति र चिन्ताको ज्वालामाजलिरहेका छन्। निराश, हतास र तनावले पीडीत भएका छन्। आजकामानिस जतिनै सम्पन्न, सभ्रान्त र सम्मानित छन् त्यति नै आन्तरिक रुपबाट असहाय, असुरक्षित र विपन्नबनेका छन्।

आजको संसारमाजोसँग सबैभन्दा बढी धन, सम्पत्ति र पूजीँ छ, त्यो त्यतिनै भयभित छ, जो जति सम्मानित छ ऊ त्यति नै अपमानित छ, संसारका हरेक व्यक्तिले स्वमान र स्वाभिमानलाई भूलेर देह–अभिमानीबन्नपुगेका छन्। मानवजातिमानकारात्मकभाव फैलाई फुट (भेद) पैदा गर्ने कुनै महावैरी छ भने यहीदुश्मन नै रावण हो। आज संसारभर रावणको एकछत्र राज्य छ।

रावणलाई दशानन् अर्थात् दश टाउका भएको मानिन्छ। वास्तवमादश टाउका भएको मानवको जन्म त असम्भव नै छ तर रावणका दश टाउका प्रतिकात्मकवाआलंकारीक छन्। आजप्रत्येक प्रवृत्तिमा रहने नर(पूरुष) मा रहेकापाँचविकार काम, क्रोध, लोभ, मोह, अहंकार र नारी(महिलामा) रहेका यिनै पाँचविकारको प्रतिक नै रावणका दश टाउका देखार्ईएको हो।

आजकामानवको सबैभन्दानजिकको दुश्मनकुनै छन् भने रावणले प्रतिनिधित्वगर्ने यिनै पञ्चमहाविकार हुन्। यिनले नै संसारलाई दुःखधामबनाएका छन्। रावण आधाकल्प(द्वापरयुग) देखिको मानवआत्माको ठूलो दूश्मनबन्दै आएको छ। असह्य पिडामा पिडीत आजकामानवदशहराको अवसरमा रावणको पुत्लाबनाएर जलाउने गर्दछन्।

रावण ठूलो विद्वान् थियो, शक्तिशालीथियो, धनवानथियो अनि ठूलो भक्तपनिथियो। उसँगबुद्वि, बल, अर्थ र भक्ति त थियो तर त्यतिकै दुःखीपनिथियो।त्यस्तै आजकामानिसहरु पनिबुद्विवान छन्, विद्यावान छन्, धनवान छन्, बलवान छन्, भक्तिपनि गर्छन् तर भौतिकबाह्य रुपले मात्र।

आजको मानिसमाबुद्वि छ तर सद्बुद्वि छैन, विवेक छ तर सद्विवेक छैन, ज्ञान छ तर सद्ज्ञान छैन, विद्या छ तर सद्विद्या छैन। फलस्वरुप तेस्रो नेत्र, दिव्यचक्षु, दिव्य बुद्धि बन्दभएको छ, त्यसैले दुःखीभएका छन्।

विजयादशमीपर्वलाई जतिमहान र आदर्शको रुपमा लिइन्छ त्यति नै यस पर्वसँग सम्बन्धित केहि प्रथाहरुले गर्दा यसको महानतालाई घटाईदिएको छ। वर्तमान समय यो पर्व अति हिंसक र तामसिकबन्नपूगेको छ।

यसबेलानिरीह, निर्बल र निःसहायपशु–पंछिहरुको निर्ममतापूर्वक अत्याधिकबलि चढाईन्छ। जति धैरै बली चढायो त्यति धेरै ईश्वर प्रशन्न हुन्छन् भन्ने नकारात्मकएवं घटिया मनस्थितिले अझै यस पर्वको विकृत रुप प्रदर्शित हुन्छ। कुनै प्राणिमात्रको बलीले इश्वरलाई खुशीपार्न खोज्नु त मुर्खता र अज्ञानताको पराकाष्ठा मात्रहो।

वास्तवमाभगवान(इश्वर) त प्रेमको भोको हुनुहुन्छ, कसैको प्राणको होइन। इश्वर वा देवि देवतालाई प्राणिको बली चढाउनु त घोर अन्धविश्वास हो। देविमाँ न त निरिह पशु–पंछिको बलि स्विकार गर्छिन् न त प्रशन्न नै हुन्छिन, न त वरदान नै दिन्छिन्।

कुनै लौकिक (शरिरको) आमाले पनिआफ्ना छोरा–छोरीको बलि स्विकार गर्दैनन् भने जगत जननी देविमाँजसको सधैं सद्ज्ञान, सद्बुद्धि, सद्विवेकको उदयभएको छ, ती देविले बलि स्विकार गर्छिन्, प्रशन्न हुन्छिन्, वरदान दिन्छिन् भन्नु रावणको भ्रमजाल र मायाको मन्त्रजालमात्रहो।

आफ्नै सन्तानजीव प्राणिहरुको बलीउनले कसरी स्विकार गर्छिन् ?अझै देवि–देवताको अगाडि जुन प्राणिको बली चढाईन्छ, त्यसको एक थोपा रगतपनि देवि–देवताले खादैनन्, बलीदिनेले नै सबै खाने गर्छन्।

बलीको रगतले स्वच्छ र पवित्र देवि–देवताको मूर्ति अस्वच्छ र दुर्गन्धितबन्नपुगेका छन्। देविले हामीबाट पञ्चवलिमाग्नुको अर्थ आफूमाभएकाकाम, क्रोध, लोभ, मोह, अहंकार रुपीपञ्चविकारको बलि चढाउनु वा छोड्नु हो। यदि यस संसारमाप्रत्येक नर–नारिले आफूमाभएकापाँच–पाँचविकारको बलिदिएवा छोडे भने निश्चय नै यो बसुन्धरा स्वर्गपूरीमाबदलिने छ।

हाम्रादुःखकादिन समाप्तहुनेछन्, हाम्रा कष्ट, पीडा र अशान्ति सधैकालागि नष्ट हुनेछन्। हाम्रो जीवन देव समानपूज्य, पावन र दिव्यबन्नेछ। विषयविकार आसुरी शक्तिहुन्, राक्षसीशक्तिहुन्, रावणीय सम्पत्तिहुन्। यिनै वर्तमानजगतकादुःख, अशान्तिकाकारक तत्वहुन्। यिनै विकारले संसारका सबै आत्मारुपीसितालाई रावणको शोक बाटीकामा शोकाकुलअवस्थामा राखेका छन्।

यिनै महाविकाररुपी रावणबाट आत्मारुपी सीतालाई छुटाएर गति–सद्गति, मुक्ति–जीवनमुक्तिको परमपददिन जगत कल्याणकारी परमपिताशिवभगवान यस धरामाअवतरित हुनुभएको छ। उहाँ नै हरि हुनुहुन्छ, जसले आत्मामाभएकाविषय–विकारलाई हर्नुहुन्छ र सुखी बनाउनुहुन्छ। उहाँ नै सर्व आत्माका रञ्जनकारी, सच्चा राम हुनुहुन्छ, जसले आत्मारुपी सीतालाई मुक्तगर्नुहुन्छ।

प्रकृतिको नियमअनुरुप यस जगतमाभएकाजीव–जन्तुहरुलाई वासस्थान र भोजनको व्यवस्थापहिले देखि नै मिलिरहेको छ। यो व्यवस्थालाई मनुस्यको साथ साथै पशुहरुले पनि स्विकार गरेका छन्।

मनुष्यमात्र यस्तो जीवहो, जसले प्रकृति–प्रदत्त स्वास्थ्यवर्धक खाद्यपदार्थ हुँदा–हुँदै पनिअन्यपशुहरुको निर्मम हत्यागरि भक्षण गर्दछन्।
निष्कर्षमाभन्नुपर्दा सुख–शान्तिको प्राप्तिमांसाहार, अनाचार, कामाचारबाट हुँदैन बरु वास्तविक सुख, शान्ति र आनन्दलाई यसले नाशगरिदिन्छ।

तनाव, बेचैनिएवं हिंसात्मक सोचले ग्रसितहुँदै रोगी–महारोगीअवस्थामा पु¥याउँछ। अतःविजयादशमीपावनपर्वको अवसरमा यस किसीमको दानवियप्रवृत्तिलाई परिवर्तन गर्न सर्वप्रथम साकाहारी भोजनको प्रयोग गर्दै आफूलाई पवित्रएवं सदाचारी बनाउनुका साथै ज्ञानी एवं राजयोगीजीवनव्यतितगर्ने शुभ संकल्प गरौं, यसैमामानवजीवनको सार्थकता छ। शुभ–विजयादशमी !
ओम् शान्ति

ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय
एवं राजयोग प्रशिक्षण केन्द्र्र
बेनी, म्याग्दी

Leave a Reply