भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङ ३८ बर्षिया गौरी विकले मानसिक सन्तुलन गुमाएको १२ बर्ष वितिसक्दा समेत उपचार पाएकी छैनन्।  कलिलै उमेरमा विवाह गरेपछि एक छोरा भएपनि श्रीमानले अर्को विवाह गरेपछि छोरीलाई उपचार खर्चका लागि आर्थिक अवस्था कमजोरले घरमै बसेकी विकको उपचारमा परिवारले सहयोगको याचना गरिरहेका छन्।

गैरीका परिवारले एकपटक राम्रो अस्पतालमा देखाउने चाहना ब्यक्त गरेका छन्। समयमै उपचारको अभावमा गौरीले आफ्नो श्रीमान गुमाईन्। छोरालाई समेत नजिकबाट हेर्न पाएकी छैनन्। गौरी एक उदाहरण मात्रै हुन्। म्याग्दी जिल्लामा समयमै उपचार र जनचेतनाको अभावले मानसिक रोगी अस्पतालसम्म पुग्न सकेका छैनन्।

गाउँघरमा मानसिक बिरामीलार्ई एकदम नराम्रो रुपमा हेरिन्छ।यो एउटा रोग हो, उपचार गरे निको हुन्छ भन्ने मान्यता अझै ग्रामीण क्षेत्रमा स्थापित हुन सकिरहेको छैन। मानसिक समस्या भएका बिरामीलाई कि त ‘पागल’ साबित गर्न खोजिन्छ कि त धामीझाँक्री लगाएर ठिक पार्ने तर्फ लागिन्छ ।

जसले गर्दा बिरामी झन्झन् जटिल अवस्थामा पुग्दै जान्छ र सम्हाल्ने नसक्ने स्थितिमा पुग्ने हुन्छ। यस्ता बिरामीसँग बस्नु हुँदैन, बोल्नु हुँदैन भनेर परिवारकै सदस्यले समेत परपर तर्किने, एक्लै छोडिदिने गर्छन् । ‘मेन्टल हेल्थ’बारे गाउँतहसम्म जागरुक नभए मानसिक रोगले सताइएका बिरामीको जीवन थप कष्टकर बन्दै जान्छ। जिल्लामा स्थानीय तहले समेत मानसिक रोगीको उपचारमा खासै ध्यान दिएको देखिदैन् भने स्वास्थ्यको क्षेत्रबाट जनचेतना जनाउने गरी कार्यक्रम सञ्चालनको कार्यक्रम नै छैन्।

अर्कोतर्फ कोभिड–१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ र कतिपय नयाँ बिरामी समेत थपिन थालेका छन् । समयमा अस्पताल आउन नसकेका र औषधि नपाएका व्यक्तिलाई रोग बल्झने खतरा रहेको चिकित्सकको भनाई छ । मानसिक रोगको जोखिम सबै वर्ग, उमर र समूहमा रहेकाले तत्काल उपचार आवश्यक रहेको चिकित्सकको भनाई छ।

मानसिक रोगबाट ग्रसितहरु उपचारपछि नियमित काममा फर्किएको समेत समाजमा प्रसस्तै उदाहरणहरू छन् । मानििदमागी बिरामी भएका मान्छेलाई उपचार गरेर सामान्य अवस्थामा फर्काउन पाउँदा धेरै खुसी लाग्छ । त्यसबेला आफूले प्राप्त गर्ने आनन्द अथाह लाग्छ। सक रोगी समाजका बोझ होईन् समयमै उपचार,बिरामी खाँदै आएको औषधिलाई नियमित गर्ने तर्फ ध्यान दिन आवश्यक छ ।