बेनी नगरपालिका-३,भकिम्ली मुसुङकी संगिता गोतामेले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आएपनि उच्च शिक्षाका लागि बेनीसम्म आउने वातावरण बनेन् । चरम गरिबीकै कारण आर्थिक जुटाउन नसक्ने अवस्थामा पढाई छोड्ने निधो समेत गरेकी गोतामले घरायसी काममा आमालाई सघाएर नै करिब दुई महिना विताईन् ।

विहान–बेलुकी घाँसदाउरा, मेलापातमा गएर दिन विताउने गरेकी गोतामको उच्च शिक्षालाई गरिबीले छेकेको जानकारी पाएपछि बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले उच्च शिक्षा पढ्ने चाहना पुरा गदैं शैक्षिक अभिभावकत्व ग्रहण गरेका छन् ।

गाउँको जयन्ती माविबाट एसइई उत्र्तिणा गरेकी गोतामेलाई प्रधानाध्यापक श्रेष्ठले ब्यक्तिगत रुपमा कक्षा ११ र १२ मा विद्यालयमा आवश्यक पर्ने ११ हजार ५ सय खर्च उपलब्ध गराउने बताए।

‘दिदीले बहिनीको समस्या सुनाएपछि भाबुक बने,‘गरिबीकै कारण पढ्नबाट बन्चित हुनुपर्ने अवस्था अझै छ, मैले क्याम्पस तहमा पनि आवश्यकता अनुसार सहयोगको बाचा गरेको छु’ प्रअ श्रेष्ठले भने । प्रअ श्रेष्ठले नै संगिताकी दिदी सुस्मितालाई प्रकाश माविमा विज्ञान विषयमा कक्षा ११ र १२ मा आवश्यक पर्ने १८ हजार ८ सय शुल्क सहयोग गरेका छन् ।

यता आमा तिलकुमारी र बहिनीको उपचारमा धेरै पैसा खर्च भएपछि पढाईलाई निरन्तरता दिन नसक्ने अवस्थामा प्राप्त सहयोगले उत्साहित भएको सुस्मिताको भनाई छ ।‘घरबाट खर्च चलाउने अवस्था छैन्,‘अब पढेर जागिर खाएरै घरको खर्च जुटाउँछौ’ उनले भनिन् ।

पढाई खर्च जुटेपनि कोठा भाडा लगायतका खर्चहरुको अभाव रहेको उनीहरुको भनाई छ। गोतामे दिदीबहिनी भकिम्लीका मेधावी विद्यार्थी हुन् । भकिम्लीका वडा अध्यक्ष पदम पुनले विपन्न परिवारमा जन्मिएर पढाईमा निकै मेहनत गर्ने सुस्मिता विद्यालयकै उत्कृष्ट विद्यार्थी भएको बताए। उनले पढाईमा लगनशील र मेहनती भएकाले थप सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस् : गरिबीको भुमरीभित्र विज्ञान पढ्ने चाहना (भिडियो)

 

Leave a Reply