रघुगंगा गाउँपालिकाका केही काम तथा कार्यक्रमहरु प्रसंगमा हेरौं । प्रसंग १. रघुगगां गाउँपालिकाले आ.ब. ०७४/०७५ मा कृषि क्षेत्र सुधारका लागी एक गाउँ एक उत्पादन कार्यक्रम ( रु ४० लाख) र आ.ब. ०७६/०७७ मा एक वडा एक नर्सरी कार्यक्रम (रु ४३ लाख) संचालन गर्यो ।

प्रसंग २. रघुगगां गाउँपालिकाले आ.ब. ०७४/०७५ मा बेरोजगारीलाई कम गर्दै रोजगारी प्रवर्धन गर्ने उद्देश्यले रु ३५ लाख बिनियोजन गरी २ वटा ट्रेनिङ सेन्टर निर्माण गरियो ।

प्रसंग ३. रघुगगां गाउँपालिकाले आ.ब. ०७४/०७५ मा विद्यार्थीहरुमा आईसिटीको ज्ञान अभिबृद्धि गर्न प्रत्येक वडामा एक माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब निर्माण गर्न ४० लाख बिनियोजन भयो । प्रसंग ४. रघुगगां गाउँपालिकाले ०७५ असार अन्तिम साता पर्यटन गुरुयोजना सार्बजनिक गर्यो ।

प्रसंग ५. रघुगगां गाउँपालिकाले ०७६ असार २० गते रघुगगांको योजनाबद्ध विकासका लागी आ.ब. ०७६/०७७ देखी आ.ब. ०८०/०८१ सम्मका लागी पञ्र बर्षिय गुरुयोजना कार्यपालिकाबाट पारित भयो । आदी । अब यी प्रसंगमाथी ठुलो प्रश्न चिन्ह (?) खडा गरौं । # रघुगंगा गाउँपालिकाले कृषि क्षेत्र सुधारका लागी संचालन गरेको

“एक गाउँ एक उत्पादन” र “एक वडा एक नर्सरी” कार्यक्रम आजको दिनमा फर्केर हेर्दा बालुवामा पानी हालेसरह भएको छ । “एक गाउँ एक उत्पादन” कार्यक्रम जेनतेन कागजमा उपलब्धी मुलक रहेर समापन भयो भने “एक वडा एक नर्सरी” कार्यक्रम राखु पिप्ले र कुईनेमङ्गलेमा संचालन भयो ।

“कुईनेमङ्गलेमा नर्सरीको काम सन्तोष जनक रुपमा संचालन तथा निरन्तरता भएको छ । राखु पिप्लेमा केही भौतिक संरचना निर्माण भएतापनी नर्सरी तथा बिरुवा उत्पाबनको काम सुरु भएको छैन ।”- भब बहादुर भण्डारी (मयुरपाटी अनलाईनलाई दिएको अन्तरबार्ताको अंश ) रघुगगांको कृषि क्षेत्रको विकासका लागी यि दुई कार्यक्रमहरु कोशेढुङ्गा सावित हुन सक्थ्यो ।

तर स्थानीय नेतृत्वको प्रथामिकतामा कृषि पर्न नसक्दा कार्यक्रमले असफलताको पगरी ओड्न बाध्य भयो । यो कार्यक्रम बिफल हुनुको अर्को मुख्य कारण कार्यक्रमको बिस्तृत अध्यन तथा अनुसन्धान नहुनु हो ।

कार्यक्रम सुरु गर्नु भन्दा पहिले कार्यक्रमको फैलावट र सामाजिक प्रभावको अनुमानका लागी तत्परता नदेखाउनु यस्ता दिगो कार्यक्रम असफल हुनुको मुख्य कारण हुन । # रघुगंगा गाउँपालिकाले ट्रेनिङ् सेन्टर बनाई बेरोजगारी समस्यालाई समाधान उन्मुख लैजाने प्रयास स्वागत र सम्मानयोग्य छ ।

तर बिड्मवना यो कार्यक्रम भौतिक संरचना निर्माणका लागी मात्र भयो । रघुगंगाका निती तथा कार्यक्रममा युवा तालिम/रोजगारका लागी कस्ता कार्यक्रमहरु बनाएर निरन्तरता दिईयो भन्ने मुख्य प्रश्न हो ।

के स्थानीय सरकारको ध्यान भौतिक पुर्वाधार निर्माण भन्दा माथी उठ्यो त? किन तालिमहरु संचालन प्रशासनको प्रथामिकतामा पर्दैन् ? # आईसिटीको ज्ञान अभिबृद्धि गर्न प्रत्येक वडामा एक माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब निर्माण भएको छ ।

यो रघुगंगाको शिक्षा क्षेत्रको छलाङका लागी कोसेढुङ्गा हुनुपर्छ । सम्पुर्ण शिक्षकहरुलाई अनिवार्य कम्प्युटर तालिम र कम्प्युटर कक्षालाई प्रयोगात्मक बनाउनु आजको आवश्यकता हो । यसका लागी के-के प्रयत्न हुनुपर्थ्यो र भए ? र यो कार्यक्रम आधारभुत तहमा बिस्तारका लागी कार्यक्रमले नियमितता पायो/पाउला ? # रघूगगांले पर्यटन गुरुयोजना बनाएको ३ बर्ष पुग्न लाग्यो ।

आज पछी फर्केर योजना बनिसकेपछी योजना पुरा गर्नका लागी के के कार्यक्रम भए ? र त्यसको प्रतिफल के पाए स्थानीय जनताहरुले ? यि उत्तर जिम्बेवार निकाएले पक्कै देला भन्ने आसा गारौं । तर त्यस भन्दा अघी यो पर्यटन गुरुयोजना बनेको प्रकृया बुझौं ।

कुनै एक व्यवस्थापिका वा कार्यपालिकाको नेतृत्वमा रहेको व्यक्तीको सनक चढ्यो । आफ्नो चिनेजानेको फर्मलाई कमिसन बार्गेनिङ गरेर कामको ठेक्का दिईयो ।

फर्मले केही ठुला टाउका भएकाहरुको राय लियो र टालटुल पारेर एउटा रेडीमेड फर्म्याटमा ढाल्दियो । यो प्रश्न गरौंन, कती जनप्रतिनिधीको राय लिने प्रयास भयो ? कती स्थानिय प्रयटन व्यवसायी, स्थानीय बुद्धिजिबी, शिक्षक र आम जनताका धारणा सुन्ने प्रयात्न भयो ?

पर्यटन गुरुयोजनाले कती रघुगगां बासीमा अपनत्व गराउन सक्यो? # रघुगगांको निर्माण गरेको पञ्र बर्षिय गुरुयोजनामा पनि माथी पर्यटन गुरुयोजनाकै प्रश्न दोर्याउन चाहे । आदी । अब के ? माथीका प्रसंग र प्रसंग माथी उठाईएका प्रश्नहरु प्रतिनिधी प्रश्नहरु हुन । यि र यस्तै प्रश्न रघुगगांका प्रत्येक निती तथा कार्यक्रम र योजनामा उठ्न आवश्यक छ ।

योजना निर्माण पुर्ब योजनाको सामाजिक परिक्षण पहिलो सर्त हुनुपर्ने हो तर बिडम्बना यहाँ त कार्यक्रम समापन पछी पनि सामाजिक परिक्षण गर्ने र सार्बजनिक गर्ने परिपाटी नै छैन (यहाँ सामाजिक परिक्षणले कार्यक्रमको विस्तृत अध्ययन बुझउछ । साथै कार्यक्रमले समाजमा पार्ने अल्पकालिन तथा दिगो प्रभावका वारेमा अध्यन तथा अनुसन्धान बुझाउछ ।

रघुगगांका केही योजना यस्ता छन् जुन लाखौ, करोडौ खर्च गरेर बनाएका योजनाहरु हुन तर केही समय नबित्दै उपयोग बिहिन बन्न पुग्यो । केही सिमित व्यक्तिका व्यक्तिगत स्वार्थका कारण अध्ययन र अनुसन्धानबिना कार्यक्रमहरु संचालन गर्दा गाउँपालिकाले करोडौं घाटा व्यहोर्नु परेको छ ।

पालिका एक करोडको कार्यक्रम संचालन गर्दा एक लाख खर्च गरेर सामाजिक अध्ययन गर्न हिचकिचाउनु कदापी हुदैन । रघुगगां गाउँपालिका घर भई हाल विश्वभरी विविध विधाका ज्ञाता तथा अध्यता छन् ।

रघुगगांको माटो सुहाउदो विकास र समृद्धिका लागी यी जनशक्तीहरुको भरपुर प्रयोग गर्न सक्ने बातावरण बनाउनु अबको आवश्यकता हो । यसका लागी रघुगगां गाउपालिकाले एक अध्यन तथा अनुसन्धान केन्द्रको स्थापना गरी विविध विधामा अध्यन तथा अनुसन्धानको लागी उत्प्रेरित गर्न आवश्यक छ । यसले जनतामा विकास निर्माणको लागी अपनत्व बोध गराउने छ ।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन