म्याग्दीमा कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप अभियान अन्तरगत अस्पतालका अन्य चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका सहित कोरोना बिरुद्धको फ्रन्टलाइनका सक्रिय सबैले धमाधम लगाइरहेका छन् । पहिलो दिन खोप लगाएका कसैलाई पनि कुनै समस्या नदेखिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालको भनाई छ ।
खोप लगाउँदा यदि त्यस्तो गम्भीर खालको असर देखिएमा प्रदेश सरकारले हेलिकप्टरमार्फत बिरामीको उद्दार गरी उपचार गरिने व्यवस्थापन मिलाइएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप पठाएको थियो । एक भायलमा १० डोज खोप हुन्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने लम्सालको भनाई छ । बेनी अनलाइनले प्रमुख लम्सालसँग गरेको कुराकानी

म्याग्दीमा‘कोभिसिल्ड’ खोपको अभियान कसरी चल्दै छ ?
हामीले नेपाल सरकारको पहिलो प्राथमिकतामा परेका खोप लगाउने सम्भावित व्यक्तिहरुको विवरण संकलन गरेका थियौ। पहिलो चरणमा संकलिन विवरण अनुसार लगभग ८२१ जना जति स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयं सेविका एम्बुलेन्स चालक सुरक्षाकर्मीहरु सरसफाई कर्मीहरु हुनुहुदो रहेछ र उहाहरुलाई बेनी अस्पतालको खोप केन्द्र मार्फत यही माघ १४ गते देखि २० गते सम्ममा खोप दिने योजना गरेर कार्यान्वयन गरिरहेका छौ ।

माघ १४ र १५ गते बेनी नगरपालिका क्षेत्रका १६ र १७ गते अन्नपूर्ण मालिका र मंगला गाउँपालिका क्षेत्रका र १८ र २० गते धवलागिरी र रघुगंगा गाउँपालिका क्षेत्रका तथा १९ गते म्याग्दी जिल्लाका प्राईभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप दिने कार्ययोजना अनुसार काम भईरहेको छ ।

खोप प्रयोगकर्तालाई क’नै साइड इफेक्ट देखिएको छ कि छैन ?
खोप प्रयोगकर्ताहरुलाई हल्का साईड ईफेक्ट देखिएको छ । लगभग ५० प्रतिशतलाई खोप लगाएको दिनमा ज्वरो आउने समस्या देखिएको छ तालपनि १ दिन पछि ज्वरो आफै निको भएको छ । सबै खोप लगाएका व्यक्तिहरुलाई यो खोपको सम्भावित साईड ईफेक्टको बारेमा रामरी परामर्श गरेर पठाएका छौ । कसै कसैलाई सिटामोल खान सम्म परेको अवस्था छ अन्यथा खासै त्यस्तो जटिल खालको साईड ईफेक्ट अहिले सम्म देखिएको छैन ।

खोप लगाउनेहरु मध्ये कसै कसैलाई टाउको दुख्ने खोप लगाएको ठाँउमा दुख्ने रातो हुने सुनिने थकाई लागेको तथा आलश्यता महशुस हुने मांसपेशी तथा जोर्नीहरु दुख्ने र अत्यन्तै कम व्यक्तिहरुमा वाकवाक लाग्ने तथा पखला लागेका घटना पनि भेटिएका छन। हामीलाई यो खोप सम्बन्धि तालिममा यी उल्लेखित साईड ईफेक्टहरु हुन सक्छन नै भनिएको थियो ।

पहिलो चरणमा कतिजनाले लगाउँदै छन त ?
पहिलो चरणको अनुमानित लक्षित जनसंख्या चाहि ८२१ जना हो हामीले संकलन गरेको विवरण अनुसार तर यो खोप गर्भवती महिला स्तनपान गरिरहेकी महिला तथा निकट भविष्यमा बच्चा जन्माउन चाहने महिलाहरुलाई नदिनु भन्ने निर्देशन भएका कारण हामीले संकलन गरेको लक्षित जनसंख्यामा उल्लेखित अवस्थाका महिलाहरु पनि भएका कारण खोप लगाउने व्यक्तिहरुको संख्यामा केही कमी हुने अनुमान गरेका छौ ।

‘कोभिसिल्ड’ खोपलाई नेपालमा परीक्षण गर्न ल्याइएको भन्नेहरु पनि छन् नी .
मलाई त्यस्तो लाग्दैन। हुन त कुनै पनि खोप बनेर प्रयोग सम्म आउन अलि लामो समय लाग्छ, यो कोरोना महामारीबाट बचाउन अति हतारमा विकास गरिएको खोप हो. विगत १ वर्ष देखि संसारका सबै मानिसहरुले प्रार्थना गरेको कुरा कोरोना विरुद्वको खोप हो जो अहिले आएको छ ।

१ वर्ष भित्रैमा खोप आउनु र त्यसलाई प्रयोग गर्न पाउनु ठुलो कुरा हो र यो विज्ञानको चमत्कार नै ठान्छु म । नयाँ खोप यो जटिल परिस्थितिमा निर्माण भएको र अझ आपतकालिन प्रयोगका लागि मात्रै अनुमति पाएका कारण यो माथि कसैले शंका गर्नु छुट्टै कुरा हो । नेपालमा चिकित्सकहरुबाट र स्वास्थ्यकर्मीहरुबाट खोप लगाउन शुरु गर्नुको कारण पनि यस्तो शंका निवारण गर्न खोजेको हो भन्ने बुझ्दा पनि हुन्छ ।

दोस्रो चरणको खोप ल्याउने योजनाबनेको छ कि छैन त ?
खोप ल्याउने योजना पक्कै छ यो जिल्ला स्तरको कार्यालयको भन्दा पनि संघीय मन्त्रालयको जिम्वारीको कुरा हो र हामीले सुने र जाने अनुसार अबको १ वर्ष भित्रमा नेपालका सबै नागरिकहरुले (जो लगाउन मिल्ने समुहका छन) खोप पाउनेछन भन्ने कुरामा म ढुक्क छ । हामीलाई दोस्रो चरणको खोप पनि छिट्टै आउछ खोप कार्यक्रम संचालनमा तयारीमा रहन निर्देशन छ । हामी तयारी अवस्थामा छौ ।

म्याग्दीमा बाहिरी जिल्लाबाट कोरोना संक्रमतिहरु? धमाधम सार्वजनिक सवारीसाधनमाआएर घरमा बःने गरेका छन्, तपाईहरुलाई यस बारेमा जानकारी छ कि छैन त ?
म्याग्दी ठेगाना भएका पोखरामा गएर परिक्षण गराएका तथा म्याग्दीबाट पिसिआर नमुना संकलन गरेर परिक्षणका लागि पठाएका पोजिटिभ आएका व्यक्तिहरुको विवरण हामीलाई प्राप्त हुन्छ र उहाँहरुको हामी तथा स्थानीय तहबाट फलोअप गरिरहेका हुन्छौ यी बाहेक अन्य व्यक्तिहरुको बारेमा हामीलाई जानाकारी छैन ।

कोरोना नियन्त्रणमा सबै व्यक्तिको उत्तिकै जिम्मेवारी र कर्तव्य छ । हामीले जे गरे नि हुन्छ नियन्त्रणको काम सरकार वा सरकारी निकायको हो भन्ने ठानियो भने त्यो गलत हुन सक्छ । संक्रमित त्यसरी आउनु भएको छ भने कम्तीमा उहाँहरु आईसोलेशनमा बसिदिनु पर्ने हुन्छ ।

सबैजसो संक्रमितमाक’नै न क’नै लक्षण देखिएको छ, यसले म्याग्दी अझै पनि कोरोनाको जोखिममा छ भन्न सकिन्छ ?
एकदम । १ जना लक्षण सहितको संक्रमित देखिनु वा भेटिनु भनेको उहाको वरिपरि अरु ६० देखि ८० जना लक्षण नभएका केशहरु हुन सक्नु हुन्छ किनकी कोराना ८० प्रतिशत केशमा चिन्ह लक्षण नदेखिन सक्छ १५ प्रतिशतमा सामान्य लक्षण चिन्ह तथा ५ प्रतिशतमा अलि जटिल खालका लक्षण चिन्ह देखिएको अवस्था भएका कारण यो आकलन गर्न सकिन्छ । त्यस कारण म्याग्दी मात्रै होईन नेपाल नै अहिले उच्च जोखिममा छ ।

Leave a Reply