कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने उद्देश्यले बेनी नगरपालिकालभित्र बुधबार राती १२ बजेदेखि ३१ गते बैशाखसम्म लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लाभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिका भित्र अत्यावसेका बाहेकका सेवाहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

‘निषेधाज्ञामा तोकिएको बाहेक अन्य सेवा बन्द हुन्छ,‘सबै नागरिकलाई निषेधाज्ञाको पालना गर्न अनुरोध गर्दछु’ प्रजिअ अधिकारीले भने ।

म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि ९९ जना संक्रिय संक्रमति रहेकोमा २३ जना उपचारपछि निको भएपनि संक्रमतिको दर दैनिकजसो धेरै रहेकाले निषेधाज्ञा जारी गरिएको हो ।

सूचना

म्याग्दीभित्रका संक्रिय संक्रमतिमा आधाभन्दा बढी बेनी नगरपालिका भित्रका छन् । जिल्लाका अन्य पाँच स्थानीय तह ठेगाना भएका संक्रमतिहरु समेत बेनीबजारभित्रै होम आइसोलेसनमा रहेकाले संक्रमणको गतिलाई ’चेनब्रेक’ गर्न निषेधाज्ञा जारी गरिएको जनाइएको छ।

सोमबार सर्वदलिय बैठकमार्फत १० दिन पूर्णरुपमा लकडाउन गर्न सिफारिस गरेको भएपनि डिसिसिएमसिले पहिलो चरणमा निषेधाज्ञालाई रोजेको छ । १० दिने निषेधाज्ञाको अवस्था हेरेर अर्को निर्णय गरिने डिसिसिएमसिले जनाएको छ।

निषेधाज्ञाको पुर्वसन्ध्यामा बेनीबजारमा नेपाली सेनाले समेत गस्ती गरेको छ भने अन्य सुरक्षा निकायले समेत कडाई गरेका छन् । निषेधाज्ञामा रोक लगाइएको क्षेत्रमा उल्लंघन भए प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ ।

यो पनि पढ्नुहोस् : बेनी नगरपालिका भित्र निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन?

Leave a Reply