---Advertisement---

रघुगंगा-३ पिप्लेमा वाईसीएलको वडा कमिटी गठन

On: September 28, 2021 8:28 AM
Follow Us:

नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । सोमबार रघुगंगा गाउँपालिका–३ पिप्लेमा आयोजित भेलाबाट सुरेन्द्र मल्लको अध्यक्षतामा ११५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा जगत विक र द्धितिय उपाध्यक्षमा गोपाल राना मगर, सचिबमा दिनेश चन्द, यशु परियार, सहसचिबमा रमेश बस्याल र सरस्वती मल्ल कोषाध्यक्षमा अस्मीक शाही रहनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जालीले मुलुकमा आएका परिवर्तन माओवादीकै एजेण्डा भएकाले माओवादीकै नेतृत्व र अगुवाईले मात्रै परिवर्तनका मुद्धा संस्थागत हुने बताउनुभयो ।

भेलालाई नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी, वाइसीएल केन्द्रीय सदस्य नगेन्द्र केसी, जिल्ला संयोजक सन्दीप खत्री लगायतले सबै युवाहरुलाई टोल स्तरको कमिटी मार्फत समेट्नुपर्नेमा जोड दिनुभयो । तारा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र म्याग्दीका आर्थिक विभाग प्रमुख रिम कटुवाल, अखिल क्रान्तिकारीका जिल्ला संयोजक रेशम कटुवाल लगायतले बधाई मन्तव्य ज्ञापन गर्नुभएको थियो भने प्रकाश सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।