म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगगा गाउँपालिका–१ बेगखोलाको सिम जाँदै गरेको बोलेरो जीप दुर्घटनामा घाईतेको उद्धार गदैैं यूवा । बेनीबाट गाउँतर्फ लागेको ग १ ज ७२ ५२ नम्बरको जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ भने ६ जनाको उपचारका लागि बेनी तर्फ ल्याइदै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ । तस्वीर सौजन्य सुवास विश्वकर्मा

Leave a Reply