बेनी नगरपालिका-५, पूलाचौरको गाजनेमा परेको हिमपात । सदरमुकाम बेनी नजिकै भएकाले बिहिबार घुम्न गएका पर्यटकहरु गाजनेको भ्यूटावर तथा आसपासका क्षेत्रमा रहेको हिउँमा रमाएका थिए । बुधबार परेको हिउँ बिहिबार पग्लिए पनि आन्तरिक पर्यटकहरूको भने चहलपहल थियो । म्याग्दीको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहको तल्लो क्षेत्रसम्म हिमपात भएकाले बिदाको अवसरमा आन्तरिक पर्यटक रमाउन पुगेका थिए । तस्वीर सौजन्य सुमन बानियाँ

 

Leave a Reply