म्याग्दी जिल्लाको बेनी नगरपालिका-१,रत्नेचौरको तोरीबारीमा घुम्न आउनेहरूले फुल झार्न थालेपछि एक बृद्धा सडकबाटै तस्वीर लिन अनुरोध गदैं आफ्नो बारीको छेउमा लठ्ठी लिएर बस्नुभएको छ । सडक कालोपत्रे भएसँगै तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न दैनिक ठूलो संख्यामा भिड लाग्न थालेपछि स्थानीयले तोरीलाई क्षती नपुग्ने गरी रमाउन अनुरोध गर्ने गरेका छन् ।

बेनी–बागलुङ सडकखण्डको प्रयोग गरी तोरीबारीमा पुग्नेहरूको संख्या अत्याधिक भएपछि अहिले रत्नेचारैमा दैनिक चहलपहल हुने गरेको छ । स्थानीयले घरआँगन, खेतबारीमा लगाएको तोरीमा तस्वीर, भिडियो खिचेर सामाजिक सञ्जाल तथा टिकटकमा राख्ने मानिसहरू मोटरसाईकल र गाडी चढेरै आउने गरेका छन् । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply