bdf}nL, !$ df3 M tgx'Fsf] bdf}nLdf a'waf/b]lv z'? ePsf] sf]le8lj?4sf] vf]k nufpFb} bdf}nL c:ktfnsf :jf:YosdL{ kfj{tL >]i7 . klxnf] r/0fdf tgx'Fsf Ps xhf/ ^&( :jf:YosdL{nfO{ vf]k nufOFb}5 . t:jL/ M s[i0f Gof}kfg]÷ bdf}nL

म्याग्दीमा लक्षित जनसंख्याको ८५ प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् । जिल्लामा लक्षित वर्ग छुट्याई चरण–चरणको खोप अभियानको तथ्याङ्क अनुसार १८ वर्ष माथिका ९४.१ प्रतिशतले पहिलो मात्रा र ८०.२ प्रतिशत नागरिकले पूर्णमात्रामा खोप लगाएका छन् ।

कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको अवस्था अनुमानित जनसंख्या ७२ हजार ९ सय ७३ जना मध्ये १८ वर्ष माथिका ६८ हजार ६४३ जना पहिलो मात्रा लगाएकोमा पूर्ण मात्रामा लगाउनेको संख्या ५८ हजार ५२३ जना रहेको छ ।

त्यस्तै किशोरकिशोरी (१२ देखि १७ वर्ष) उमेर समुहका ११ हजार २७८ जनाले मोडर्ना खोपको पहिलो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । ‘छिटफुट बाहेक अधिकांस खोपको पहुँचमा हुनुहुन्छ,‘दोस्रो मात्रा लगाउन नचाहनेहरुलाई स्थानीय तहबाटै अभियान चल्दैछ’ प्रमुख लम्सालले भने ।

जिल्लाभित्र लक्षित समुहका करिब ४ हजार खोपको पहुँच बाहिर रहेको देखिन्छ भने १० हजारभन्दा बढीले दोस्रो खोप अभियानमा सहभागी नभएको देखिएको प्रमुख लम्सालको भनाई छ । पहिलो मात्रा लगाएका केहीले जिल्ला बाहिर गएर समेत लगाएको तथा केही विदेश गएको हुनसक्ने अनुमान गरिएको छ। ‘खोप अभियानमा नागरिकको उत्साहजनक उपस्थिती थियो,‘छुटेकाहरूलाई चैत्र महिनासम्म लगाउँछौ’ प्रमुख लम्सालले भने। पूर्ण खोप लगाएका कोरोना संक्रमतिहरुमा लक्षण कम देखिएको छ ।

कोरोना विरुद्ध खोप लगाइसकेपछि शरीरमा उक्त भाइरस विरुद्ध लड्ने क्षमताको विकास हुने भएकाले कोरोनाबाट जोगिन खोप अनिवार्य रहेको प्रमुख लम्सालको भनाई छ । यता पहिलो र दोस्रो लहरमा जोगिएका बालबालिका देखि बृद्धबृद्धासम्म तेस्रो लहरमा संक्रमित हुने जोखिमलाई मध्यनजर गदैं लक्षित जनसंख्यालाई खोप लगाउने लक्ष्य अनुसार स्थानीय तहले यसै सातादेखि छुटेकालाई थप अभियान सञ्चालन गर्ने गरी सूचना समेत जारी गरेको छ ।

बेनी नगरपालिकाले माघ ४ गतेदेखि नगरभित्र छुटेकालाई खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको स्वास्थ्य शाखा संयोजक लिला गौतमले बताईन् । ‘नगरभित्र धेरैले खोप लगाइसक्नुभएको छ,‘बस्तीसम्मै पुगेर सूचना दिएका छौ,‘यहाँ अन्धविश्वासका कारण खोप नलगाएको देखिदैन’ संयोजक गौतमले भनिन् । उमेर समूह अनुसार प्राथमिकताको सूचीमा परेका व्यक्तिमध्ये कतिले खोप लगाए भन्ने वर्गीकृत तथ्याङ्क समेत बनाएर स्थानीय तहले माघ महिनाभित्र बस्तीभित्र छुटेकालाई खोप अभियानमा जोड्ने गरी कार्ययोजना बनाएका छन् ।

कुन स्थानीय तहमा कतिले लगाए
पहिले खोप लगाउँदा एलर्जी भएका, सास फेर्न गाह्रो हुने, ज्वरो, टाउको दुख्ने,शरीर गल्ने समस्या,अन्धविश्वास, सूचनाको अभाव लगायत समस्या देखिएकाहरु दोस्रो पटक खोपसँग भागिरहेको छन् । विभिन्न बहाना बनाउने गरेकाले स्थानीय तहले सबै किसिमका सरकारी सेवासुविधा समेत रोक्ने गरी दबाबमुलक अभियानबाटै समेटिने स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन्। दोस्रो खोपको पहुँचमा नभएकाहरू कोरोना संक्रमति भएमा स्वास्थ्यमा जटिल समस्या आउन सक्ने भएकाले खोपलाई अनिवार्य गरिएको छ ।

जिल्लाका ६ वटै स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिकामा पहिलो मात्रा ८ हजार ४६० र पूर्ण मात्रा ८ जार १७६ जना, रघुगंगा गाउँपालिका ९ हजार ६३६ र ६ हजार ९९ जना, धवलागिरी गाउँपालिका ७ हजार ६२ र ६ हजार ८७५जना, मालिका गाउँपालिका १० हजार १३५ र ९ हजार ३०४जना, मंगला गाउँपालिका ८ हजार ५५४ र ७हजार ८१४ तथा बेनी नगरपालिकामा २४ हजार ९६ र २० हजार २५५ जनाले क्रमश पहिलो र पूर्ण मात्रा खोप लगाउनु भएको छ ।

यो तथ्याँकलाई प्रतिशतमा हेर्दा अन्नपूर्ण गाउँपालिकाको कभरेज पनि राम्रो (९८.३% पहिलो मात्रा र ९५% पूर्ण मात्रा) र पहिलो मात्रा र दोस्रो मात्रा लगाउनेको छुट दर पनि कम रहेको देखिन्छ । बेनी नगरपालिकामा पहिलो मात्रा लगाउनेको कभरेज १०५% भएता पनि पूर्ण मात्रा लगाउनेको संख्या ८८.५% रहेको छ। पहिलो मात्राको अनुपातमा दोस्रोमा मात्रा लगाउनेहरुको कभरेज रघुगंगा गाउँपालिका अलि कम देखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकमा स्थानीय तहका प्रमुखले आवश्यक तथ्याङ्कको सङ्कलन र तिनको विश्लेषण गरी छुटेकालाई खोप अभियानमा जोड्ने बताएका थिए ।

 

Leave a Reply