पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेको संख्या तिब्र बढिरहेको छ । तर, कोरोनाको पहिलो र दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि त्यहि अनुसार बढेकोमा तेस्रो लहरमा भने अस्पताल भर्ना हुने तथा गम्भीर हुनेको संख्या ज्यादै न्यून रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमवारसम्मको तथ्यांक अनुसार हाल नेपालमा ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा बस्नको संख्या मात्रै ७७ हजार ६६५ रहेको छ भने १६०७ जनाले मात्र विभिन्न सस्थागत आइसोलेशनमा उपचार गराइरहेका छन् ।

कोरोना महामारीको यो पछिल्लो लरहमा सावधानी अपनाएमा कोरोना संक्रमणबाट छिट्टै मुक्त भइने तथा गम्भीर प्रकारका समस्या पनि नदेखिएको पाइएको छ ।

के गर्ने त कोरोनाको लक्षण देखिएमा ?

परीक्षण गर्नुहोस्
यदि तपाईलाई सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, सिँगान बग्ने, घाँटी दुख्ने, जस्ता लक्षण देखिएको छ भने तत्कालै ऐन्टिजेन वा पीसीआर परीक्षण गराउनुहोस् । जसले गर्दा तपाईलाई कोभिड १९ संक्रमण वा मौसमी रुघाखोकी के हो थाहा पाउनसक्नु हुनेछ ।

अलग्गै बस्नुहोस्
संक्रमित व्यक्तिले मुख नछोपी वा मास्क नलगाई हाछ्युँ गर्दा वा खोक्दा र नजिकै रहेका वा अन्य कुनै तरिकाले सम्पर्कमा आएका स्वस्थ्य मानिसलाई थुक वा सिँगानका छिटा वा र्यालको कणमार्फत् संक्रमण सर्ने समस्या हुन्छ । त्यसैले लक्षण देखिने वित्तिकै ५ दिनसम्म होम आइसोलेशनमा बस्नुपर्छ ।

सम्पर्कमा आएका मानिसहरुलाई जानकारी दिनुहोस्
तपाईसँग विगत १४ दिनयता नजिकका सम्पर्कमा आएका मानिसहरुलाई तपाइँलाई संक्रमणको शंका लागेको वा शंक्रमण पु्ष्टि भएको फोन गरी वा म्यासेजमार्फत् जानकारी दिनुहोस् र उनीहरुलाई पनि परीक्षण गराउन सल्लाह दिनुहोस् ।

लक्षणबारे ख्याल गर्नुहोस्
सुरुको अवस्थामा कोभिड १९ संक्रमित व्यक्तिलाई ज्वरो, खोकी, थकान, घाँटी दुख्ने वा झाडा पखालाको लक्षण हुन्छ । अनि प्रायशः यी लक्षण बढ्दै जान्छन् भन्ने कुरा ख्याल गर्नुहोस् ।

आराम गर्नुहोस र शरीरमा पानीका मात्रा कमी हुन नदिनुहोस्
कोरोना संक्रमण भएको अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउनु हो । त्यसैले कोभिड १९ को उपचार गर्न भनेर प्रचार गरिएका अप्रमाणित औषधिहरु सेवन गर्नु हुँदैन । प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खानुहोस् ।

खोप नलगाएको भए निको भएको एकमहिनापछि कोरोना विरुद्धको खोप लिनुहोस्
कोभिड १९ बाट पनि मानिसहरुमा भाइरसविरुद्ध प्रतिरोधि क्षमता विकास हुन्छ । तर पनि त्यसलाई सुदृढ बनाउन कोभिड १९ विरुद्धको खोप लगाउनुपर्ने हुन्छ तर संक्रमणमुक्त भएको एक महिनापछि मात्र खोप लगाउन मिल्छ । Source: sansarnews.com

Leave a Reply