नेपाली सेनाको जूनियर डिभिजन अन्र्तरगत राष्ट्रिय सेवा दलले नवलपरासीको हात्तिखोर क्याम्पमा सञ्चालन गरेको तालिममा सहभागी म्याग्दीको माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थी । नेपाली सेनाको जूनियर डिभिजन अन्तरगत विद्यालय र हात्तिखोरमा गरी १ सय दिने सबैजसो अभ्यासमा सहभागीमध्ये कक्षा ९ मा अध्ययनरत स्वस्तिका राई समेत उत्कृष्ट भएकी थिईन् । देशभरका १५ विद्यालयबाट सहभागीता रहेकोमा उत्कृष्ट मध्येले बंगलादेशमा तालिम लिन पाउने छन् ।

राष्ट्रलाई आवश्यकता परेको बेलामा विद्यार्थीले समेत योगदान दिने गरी संचालन गरिएको तालिममा अनुशासन,रक क्लाइम्बिङ, पौडी, घोड चढी,नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी,तेक्वान्दो, नक्सा अध्ययन, खुकुरी ड्रिल, भिडमा बोल्ने तरिका, लागुऔषध,चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान, विभिन्न मनोरञ्जनात्मक कार्यहरुका साथै आत्मरक्षाका लागि आवश्यक विभिन्न सैन्य अभ्यासहरू लगायतका तालिमहरु सञ्चालन हुँदै आएका छन् ।

एनसीसीले देशमा युव विकास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन अभिप्रेरीत बनाई राष्ट्रिय एकता र वफादारीताको भावनामा बाँधि चौतर्फी ब्यक्तित्व विकासमा सहयोग गरेकाले जिल्लाभित्र यो तालिममा विद्यालयको समेत चासो रहेको छ ।

Leave a Reply