मंगोल नेशनल अर्गनाइजेशनले बेनी नगरपालिका–१,रत्नेचौरको वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । अगामी स्थानिय तहको निर्वाचनमा केन्द्रित भएको मंगोल नेशनलको शनिबारको भेलाबाट बाल थापामगरको नेतृत्वमा वडामा प्रतिस्पर्धा गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो । रत्नेचौरको भेलामा वडाभित्रका सबै बस्तीमा पुगेर पार्टीको अभियानलाई तिब्रता दिने गरी टोली समेत बनाइएको छ ।

‘नगरभित्रका सकेसम्म सबै वडामा हाम्रो उम्मेदवार हुन्छन्,‘जिल्लामा यसपटक हामीले ब्यापक तयारी सहित उम्मेदवारी दिने छौ’अध्यक्ष पुनले भन्नुभयो । जिल्लामा वडा, पालिका प्रमुख उपप्रमुख सहितको उम्मेदवारी छनौटमा जुटेको जनाइएको छ । भेलामा पार्टीका कोषाध्यक्ष दिपक पुन लगायतको उपस्थिीति रहेको थियो ।

बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा रहेको पार्टी कार्यालयबाट जिल्लाभरको अभिायन सञ्चालन गरिरहेको छ। बेनी नगरपालिकामा दिपक पुन, मंगला गाउँपालिका ओमराज मगर, मालिका गाउँपालिका खमबहादुर रोका, रघुगंगा गाउँपालिका तुलप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका डेकबहादुर पुन (डिके पुन) र अन्नपुर्ण गाउँपालिका रामबहादुर गर्बुजालाई चुनावी अभियानको संयोजक तोकेको थियो ।

Leave a Reply