म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर ८ राम्चेमा एमालेको प्यानल विजयी भएको छ । अध्यक्षमा खम बहादुर गर्वुजाले ५४१ मत लिएर विजयी हुनुभएको हो । गुर्वजा दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रवि गर्वुजा पुनले ३३४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सदस्यहरु महिला सदस्य बेग कुमारी पुन ५११, दलित महिला सदस्य एलिना रसाईली बिक ५०३, खुल्ला सदस्य गेममाया पुन ४४३ र खुल्ला सदस्य याम बहादुर पुनले ५१७ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।कुल ९११ मत खसेको राम्चेबाट गाउँपालिका अध्यक्षमा एमालेका भरत पुनले ५३९ र काँग्रेसका बल बहादुर तिलिजाले ३३० मत प्राप्त गर्नुभएको छ । त्यसैगरि उपाध्यक्षमा एमालेका दिवा पुनले ४५५ र काँग्रेसका ललिता तिलिजा पुनले ४१४ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply