नेकपा एमालेले  बेनी नगरपालिका-६, मा कृष्णसिंङ बानियाँलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट हालका वडा अध्यक्ष समेत रहनुभएका बानियाँलाई नै सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

भेलामा वडा अध्यक्षको पाँच बर्षे कार्यकालमा भएका काम र थप अधुरा काम गर्न समेत एकपटक अध्यक्षमा दोहोराउनुपर्नेमा सबैले चाहना गरेपछि सर्वसम्मत गरिएको जनाइएको छ । सोही भेलाबाट वडा सदस्यहरुमा कृष्णदत्त पौडेल, इश्वर पौडेल, राधिका विक र सारदा राना मगरलाई वडा सदस्यको उम्मेदवार बनाइएको छ । नेकपा एमालेले बेनी नगरभित्र धमाधम वडाका उम्मेदवार टुंगाउन सुरु गरेको छ।

 

Leave a Reply