आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका–४ मा वडा अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको छ। शनिवार सम्पन्न वडा कमिटीको बैठकबाट वडा अध्यक्ष पदमा अणबहादुर खड्का (भगवान) लाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्का यसअगाडी समेत वडा अध्यक्षको पदमा उम्मेदवारी दिएर पराजित हुनुभएको थियो ।

बेनी नगरपालिका– ४ को वडा अध्यक्षको उम्मेदवार बन्नुभएका खडका पार्टीका नगरकमिटी उपाध्यक्ष हुनुहुन्छ । कृषि, पशुपालनसँगै स्थानीय धौलागिरी माविका ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका खड्कालाई बलियो प्रतिस्पर्धीको रुपमा लिइएको छ । जिल्लामा सत्ता गठबन्धनको प्रारम्भीक छलफल भएपनि सहमतिको अन्तिम छलफलमा पुग्न नसकेको अवस्थामा माओवादी केन्द्रले धमाधम वडा अध्यक्षको उम्मेदवार मैदानमा उत्रारेको छ ।

बेनपा–३ भकिम्लीमा वडा अध्यक्ष पदमा पदम पुनलाई दोहोराउने निर्णय गरिसकेको छ । पुन अहिलेका वडा अध्यक्ष हुनुहुन्छ । पार्टीको बेनी नगरकमिटी सह इन्चार्ज समेत रहनुभएका पुन स्थानीय स्तरमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । पुनलाई दोहोराउने निर्णयले अन्य दललाई भकिम्लीमा भारी हुने निश्चित छ । नगरपालिका भित्रका अन्य वडाहरुमा समेत उम्मेदवारी टुंगा लगाउने आबश्यक तयारी भैरहेको माओवादी केन्द्र नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो ।

 

 

Leave a Reply