अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालले पनी बेनी नगरपालिकामा आफ्नो उम्मेद्धार उठाउने भएको छ ।

म्याग्दीमा बसको पालिका तथा जिल्ला कमिटिको बैठकले जिल्लाको एक मात्र नगरपालिका बेनी नगरपालिकामा वडा नं. ६ का शंखर पौडेल र उप मेयरमा वडा न ७ की टिका विश्वर्कमालाई उठाउने निर्णय गरेको जिल्ला कमिटि अध्यक्ष देबेन्द्र विश्वर्कमाले जानकारी दिनुभयो ।

अन्य स्थानीय तहमा पनि उम्मेद्धार उठाउने तयारी गरेका छौँ अध्यक्ष विश्वकर्माले भन्नुभयो । हामीले गण्डकी प्रदेश कमिटि सचिव रामकाजी चर्माकारको उपस्थितीमा हामीले यो निर्णय गरेका हौँ ।

Leave a Reply