मंगोल नेशनल अर्गनाइजेशनले अन्नपूर्ण गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्नपूर्ण–६,का सिदाहा गर्बुजा (राम) लाई जिल्ला सभाले सर्वसम्मत रूपमा उम्मेदवार छानेको हो। स्थानीय तहको निर्वाचनमा धमाधम उम्मेवार छनौट गरेको मंगोल नेशनलको जिल्लासभाले उम्मेदवार छनौटलाई तिब्रता दिएको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो ।

‘हामीले सबै पालिका, धेरै वडामा उम्मेदवारी दिन्छौ,‘केही वडामा धेरै आकांक्षी भएर छनौटमा समस्या भएको छ’ अध्यक्ष पुनले भन्नुभयो । बेनी नगरपालिका–७,बिरेन्द्रचोक पार्टी कार्यालय रहेको मंगोलले यसअगाडी केही वडा र मालिका गाउँपालिका खमबहादुर रोकालाई अध्यक्षको उम्मेदवार चयन गरेको छ ।

Leave a Reply