अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ । मंगलबार आयोजित भेलाबाट तरुण दल भकिम्लीका अध्यक्ष समेत रहनुभएका रोकालाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि मनकुमारी विकले जानकारी दिनुभयो ।

रोकालाई वडा अध्यक्षको उम्मेदवार बनाइएपनि अन्य सदस्यहरुका बारेमा अर्को बैठकमा छलफल हुने जनाइएको छ । वडाभित्र सबै सर्वसम्मत उम्मेवदार बन्ने वडा कमिटीले जनाएको छ । भकिम्लीमा माओवादी केन्द्रबाट पदम पुन र नेकपा एमालेबाट गेमबहादुर घर्तीमगरले यसअगाडी नै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

यता सत्ता गठबन्धन बिचको तालमेलको चर्चा जारी रहेको बेलामा कांग्रेस, माओवादी, एकिकृत समाजवादीले समेत आफ्नो उम्मेदवारको सूची बनाउन थालेका छन् । जिल्लामा पहिलो चरणमा प्रारम्भीक छलफल भएपनि गठबन्धनको ठोस नतिजा आउन सकेको छैन् ।

Leave a Reply