बेनी नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको वडा कमिटिका सचिव बिष्णु गौतम सापकोटाले जानकारी दिनुभयो ।

वडा कमिटिका अध्यक्ष मोहन बरुवालले वडा सदस्यका अन्य चार जना सदस्यहरु पनि केही दिनमै टुङ्गो लगाउने बताउनुभयो । २०६२ देखि माओवादी पार्टीमा आवद्ध विक हाल वाइसीएलको बेनी नगर इञ्चार्ज हुनुहुन्छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले १० भन्दा बढी वडामा अध्यक्षका उमेद्वार टुङ्गो लगाएको छ ।

बेनपा–१ मा निशान थापा, ३ मा पदम पुन, ४ मा भगवान खड्का, मालिका गाउँपालिका-१ मा तिलक पुन, ३ मा मोतिप्रसाद बुढा, धवलागिरी गाउँपालिका– ६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–४ मा रेशम पुन, मालिका–७ बिममा रुविन जुग्जाली, धवलागिरी–७ ताकममा अशोक खत्रीलाई र अन्नपुर्ण गाउँपालिका– २ मा ओमप्रसाद फगामीलाई लाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।

Leave a Reply