आउँदै गरेको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका-४,ले वडा अध्यक्षमा सुमन बानियाँलाई सर्वसम्मत गरेको छ। मंगलबार आयोजित भेलाबाट वडा समितिका सभापति समेत रहनुभएका बानियाँलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ । अगामी वैशाख ३० गते हुने निर्वाचनमा सर्वसम्मत वडा अध्यक्षको उम्मेदरबार बानियाँ बालमन्दिर आधरभुत बिध्यालय अध्यक्ष,तरुणदल म्याग्दीको सचीव म्याग्दी जेसीजको कोषाध्यक्ष समेत हुनुहुन्छ ।

सामाजिक र राजनीतिक गतिविधिमा केन्द्रित बानियाँले वडाको विकास निर्माण सहित मतदातालाई पाँचबर्षसम्म काम गरेर देखाउन निर्वाचनमा होमिएको बताउनुभयो । म्याग्दीमा माओवादी र नेपाली कांग्रेस सहितको सत्ता गठबन्धको चर्चा मै समिति भएको छ । दुबै पक्षले धमाधम उम्मेदवारी घोषणा गर्न थालेपछि आफ्नै तयारीमा जुटेका छन् ।

adv

Leave a Reply