नेपाल तरुण दल बेनी नगरले १ सय ३५ सदस्यीय तरुण दल बेनी नगर विस्तार गरेको छ । नेपाली काङ्ग्रेस म्याग्दी भ्रातृ संस्था समेत रहेको तरुण दलले आसन्न स्थानीय तहलाई लक्षित गरी आयोजित प्रशिक्षणमा टोलटोल र बस्तीमा पुगेर पार्टीको अभियानमा सक्रिय हुने गरी योजना समेत बनाइएको छ ।

भेलालाई सम्बोधन गदैं नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले स्थानीय तहको निर्वाचनमा तरुणको अभियानमा पार्टीले हरेक क्षेत्रबाट सहयोग गर्ने बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहको टोलटोलमा तरुण सहितको अभियान सञ्चालन गरी पार्टीका उम्मेदवारलाई विजय बनाउने गरी लाग्न समेत सभापति गर्बुजाले निर्देशन दिनुभएको छ ।

त्यस्तै पार्टी उपसभापति केबी भण्डारी, हरिकुमार श्रेष्ठ, सचिव हिरा पुन, भरत रकाल, पूर्व सहसभापति नेत्रबहादुर महत, प्रदेश क उपसभापति सुजन बरुवाल,बेनी नगर सभापति रबिन्द्र कार्की, महाधिवेशन प्रतिनिधि पुनम मगरले बोल्नुभएको थियो ।

भेलामा तरुण नगर सभापति खड्क केसी, बरिष्ठ उपसभापति शिब बानियाँ, उपसभापति पृतम शाही, सागर सुबेदी, अर्जुन खत्री, सचिव विजय शाही, प्रविण पुन, संगम विश्वकर्मा, कोषाध्यक्ष विनिता कार्की, सहसचिव सन्जिव थापामगर, सन्जिव पुन, सुमन सापकोटा, अविनाश बानियाँ, साजन बानियाँ लगायत नगरभित्रका तरुणहरुको उपस्थिीत रहेको थियो । कार्यक्रमको सभापति केसी, सञ्चालन रोमन्त बानियाँले गर्नुभएको थियो ।समितिको पदपूर्ति समिति पुनर्गठन तथा संगठन बिस्तार र संगठन सुदृढीकरण अभियानलाई आक्रमण रुपमा सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply