आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा-७ मा राजेन्द्र कुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो । त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा थापालाई उम्मेदवार बनाउने निर्णय गरको नेकपा एमाले बनी नगरकमिटी अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

१ जना खुल्ला सदस्य र दलित महिला सदस्यको उम्मेदवार भने पछि चयन गरिनेछ । श्रेष्ठले आफ्नो ५ बर्षीय कार्यकालमा बाँकी रहेको कार्यहरुलाई उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने गरि चुनावी मैदानमा उत्रिएको बताउनुभयो । बेनी हुलाकचोक निवासी श्रेष्ठ जनप्रतिनिधिसँगै बेनीबजारमा नेवार कला र संस्कृतिको जर्गेना सहितको अभियानमा समेत सक्रिय हुनुहुन्छ । नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरेपनि गठबन्धन भने आन्तरिक गृहकार्यमै ब्यस्त छ ।

Leave a Reply