आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा-८ मा उत्तमकुमार कर्माचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । आइतवार बसेको वडा कमिटीको बैठकले कर्माचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कर्माचार्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । हालको वडा अध्यक्ष रामकृष्ण बराईली र वडा कमिटी अध्यक्ष ठाकुर प्रसाद शर्माले पनि कर्माचार्यलाई नै समर्थन गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य समेत रहनुभएका कर्माचार्य जिल्लाका स्थापित व्यवसायी हुनुहुन्छ ।

थुप्रै सामाजिक संघसंस्थामा आवद्ध उहाँ कुशल नेतृत्व गर्न सक्ने व्यक्तिको रुपमा परिचित हुनुहुन्छ। सवै टोल र समुदायको प्रतिनिधित्व हुने गरि सदस्यका लागि उम्मेदवार छनौट गर्न लागिएको वडा कमिटी अध्यक्ष शर्माले बताउनुभयो ।

बेनी कालिपुल बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका कर्माचार्यले आफ्नो उम्मेदवारी वडाको विकासका लागि भएको बताउनुभयो । वडा नं ८ मा नेपाली काँग्रेसबाट हालको वडा सदस्य समेत रहनुभएका हिम बहादुर भण्डारी र माओवादीबाट किसान विश्वकर्माले वडा अध्यक्षको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

Leave a Reply