आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको छ ।

मंगलबार भएको वडा कमिटीको वैठकले इन्द्रमान थजालीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीका सचिव झलक आचार्यले जानकारी दिनुभयो ।

यस्तै खुल्ला सदस्यमा खड्क बहादुर गर्बुजा,महिला सदस्यमा जीतमाया गर्बुजा र दलित महिला सदस्यमा मनदेवी परियारलाई उम्मेदवार बनाउने भएको छ । भने एकजना खाली रहेको खुल्ला सदस्यमा दर्मिजाबाट उम्मेदवार बनाउने निर्णय भएको सचिव शर्माले जानकारी दिनुभयो ।

यसैगरी वैठकले पुर्णबहादुर गर्बुजा संयोजक रहेको आर्थिक व्यवस्थापन समिति र गणेश थजाली संयोजक रहेको चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।

Leave a Reply