स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका म्याग्दीमा धमाधम स्वतन्त्रका उम्मेदवारी समेत देखिन थालेको छ । बेनी नगरपालिकामा कार्यरत भई हाल अवकाशप्राप्त बेनपा–७, मंगलाघाट निवासी कृष्णबहादुर शाक्यले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

तत्कालिन अर्थुङे गाविस, बेनी नगरपालिका हुदै सेवाबाट अवकाश पछि सामाजिक कार्यमा सक्रिय शाक्यले समृद्ध वडाका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभयो । ‘झुटो आश्वासन नभई प्रत्यक्ष जनताले देखिने गरी काम गर्छु,वडाबासीबाट मलाई सहयोगको पूर्ण अपेक्षा छ’ शाक्यले भन्नुभयो ।

वडाबासीसँग नजिकबाट झिजेका शाक्यको स्वतन्त्र उम्मेदवारीले ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेत चुनौती थपिएको छ । स्वतन्त्र उम्मेदवार शाक्य बेनपाबाट वडा भित्रका विभिन्न गतिविधिमा कर्मचारी हुदाँ नै प्रत्यक्ष संलग्न भएको स्वच्छ छविको वडाबासीले नजिकबाट चिन्नेरबुझ्ने व्यक्तिमध्येमा पर्नुहुन्छ ।

यसअगाडी वडा नं ७ बाटै सफल यूवा ब्यवसायी नरेश श्रेष्ठले समेत उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । वडामा नेकपा एमालेबाट हालका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई उम्मेदवार घोषणा गरिसकेको छ भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, राप्रपाले हालसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

 

Leave a Reply