आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिकाबाट उम्मेदवारको टुंगो लगाएको छ। बुधवार सम्पन्न पार्टीको गाउँपालिका कमिटीको बैठकबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा दीपक कार्की (प्रेमबहादुर) र उपाध्यक्षमा यामकुमारी गर्वुजालाई चयन गरेको हो ।

रघुगंगा गाउँपालिका–३ रानीपौवा निवासी कार्कीलाई अध्यक्ष र सोही वडाको मौवाफाँट निवासी गर्वुजालाई उपाध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अध्यक्षका उम्मेदवार कार्की एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार गर्वुजा गाउँपालिका कमिटीका उप–सचिब हुनुहुन्छ ।

उक्त बैठकले वडा अध्यक्ष सहित वडा सदस्यहरुको समेत उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेले रघुगंगा १ बेगखोलामा धनबहादुर गर्वुजा, २ भगवतीमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ४ दग्नाममा इन्द्रमान थजाली, ५ झिँमा तेजु शेर्पुञ्जा, ६ पाखापानीमा शम्सेर पाईजा र ७ चिमखोलामा रिम पाईजालाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा नम्बर ८ मा भने केहि दिनभित्रै उम्मेदवारको टुंगो लगाउने जनाइएको छ ।

Leave a Reply