---Advertisement---

काँग्रेसबाट बेनीको मेयरमा १० जना र उप-मेयरमा ३ जना उम्मेद्धारको नाम सिफारिस 

On: April 14, 2022 10:07 PM
Follow Us:

स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस बेनी नगर कार्य समितिले म्याग्दीको बेनी नगरपालिकाको मेयर र उप मेयरको नाम सिफारिस गरेको छ ।

आज बेसको नगर कार्य समितिको बैडकले मेयरका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव भरतबहादुर रकाल, पूर्व उपसभापती नेत्रबहादुर महत, निर्वतमान उपसभापती माधव प्रसाद रेग्मी, क्या. मिनबहादुर कार्की, नगर सभापती रबिन्द्र कार्की (रबि), महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, दुर्गाराम सुबेदी, बिमला गौचन, मनोजकुमार कार्की र हरिप्रसाद पौडेलको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको छ । नगरमा सबैभन्दा धेरै चर्चा अधिबक्ता समेत रहनुभएका शर्माको रहेको छ ।

अघिल्लो निर्वाचनमा समेत मेयरमा कांग्रेसलाई जिताउन भूमिका खेलकाहरुले यसपटक अवसर पाउनुपर्नेमा जोड दिइएको छ । त्यस्तै उप–मेयरका लागि अमृतदेवि बानियाँ, संगिता श्रेष्ठ र सुजता खत्रीको नाम सिफारिस गरेको छ ।

वुधबार बिहान देखि बसेको नगर कार्य समितिको बैठकमा मेयरको आकांक्षी बढी देखिएको र आन्तरिक रुपमा छलफल गर्दा समेत टुङ्गो नलाग्ने देखिएपछि जिल्ला कार्य समितिमा पठाउने निर्णय गरेको नगर उपसभाती हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । मेयरका आकांक्षी सबैलाई राखेर पार्टीमा पुन छलफल गरेर सहमतिमा नै उम्मेद्धारको टुङ्गो लगाउने पार्टी सभापती खमबहादुर गर्बुजा खम्बीरले जानकारी दिनुभयो ।