स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवी शर्मा सर्वसम्मत उम्मेद्धार हुनुभएको छ ।
शुक्रबार बसेको नेपाली काँग्रेसको जिल्ला पदअधिकारी र आकांक्षी १० उम्मेद्धारहरुको सयुक्त बैठकबाट उहाँलाई सर्वसम्मत उम्मेद्धार बनाउने निणर्य भएको जिल्ला सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहिबार बसेको बेनी नगर कार्य समितिबाट सिफारिस भएर आएका १० आकांक्षी मध्ये ९ जनाको पूणर् समर्थनमा जिल्ला कार्य समितिको पदअधिकारी सहितको बैठकले शर्मालाई सम्मेद्धार बनाउने निणर्य गरेको हो ।
उम्मेद्धार हुनुभएको शर्मा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि, पूर्व पार्टी सचिव समेत हुनुहुन्छ । उहाँलाई काँग्रेसबाट बेनी नगरको मेयरको लागि बलियो उम्मेद्धारको रुपमा हेरिएको छ ।
नगर समितिबाट सिफारिस भएर आएका मेयरको टुङ्गो लागेपनि उप-मेयरको भने टुङ्गो लगाउन बाँकी छ । बाँकी पालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेद्धारको पनि एक दुई दिनमा टुङ्गो लगाउने काँग्रेसले जनाएको छ ।

Leave a Reply