बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाईजेशनबाट बेनी नगरपालिका ३ भकिम्लीको वडा अध्यक्षमा दिपक पुनले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

शुक्रबार आफ्नो फेसवुकमार्फत पुनले ‘युवाहरु विदेशको सपना देख्ने होइन, देशको मालिक बन्ने सपना देख्नु पर्छ’ भन्ने मूल मान्यताका साथ वडा अध्यक्षमा उम्मेदवारी दिएको घोषणा गर्नुभएको हो । वडा सभाको बैठकले पुनलाई वडा अध्यक्षको उम्मेदवारमा सर्वसम्मत निर्णय गरेको हो ।

पुनले मंगोल अस्तित्व सहितको मुलवासी स्वायत्त शासनसत्ता स्थापना गर्ने महाअभियानमा सहभागी हुन सम्पूर्ण भकिम्ली बासीहरुमा आग्रह गर्नुभएको छ । हाल मंगोल नेशनल अर्गनाईजेशन पार्टीको जिल्ला कोषाध्यक्ष रहनुभएका पुन भकिम्लीको लोकप्रीय युवा हुनुहुन्छ ।

भकिम्लीको विकासमा नयाँ जोस जाँगर र भिजन सहित आएको युवालाई अमूल्य मत दिई बिजयी गराउन पुनले त्यसक्षेत्रका मतदाताहरुलाई हार्दिक अपिल गर्नुभएको छ ।

Leave a Reply