अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कांग्रेसबाट मालिकाको अध्यक्षमा श्रीप्रसाद रोकाको उम्मेदवारी

On: April 15, 2022 9:12 PM
Follow Us:
---Advertisement---

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मालिका गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद रोकालाई पुनः अध्यक्ष पदको उम्मेदवारमा दो¥याउने निर्णय गरेको छ ।

कांग्रेस गाउँपालिका कमिटीको शुक्रबार बसेको बैठकले विस २०७४ को चुनावमा बिजयी रोकामगरलाई यसपटक अध्यक्षको उम्मेदवारमा दो¥याउने निर्णय गरेको हो ।

युवा नेताको रुपमा कांग्रेसमा स्थापीत रोकामगर कांगेसको महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।७ वटा वडा रहेको मालिकामा २०७४ सालको चुनावमा अध्यक्ष कांग्रेसले जितेको थियो । ९ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ मतदाता छन् ।