म्याग्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहिलो उम्मेदवारी घोषणा भएको छ । जिल्लाभित्र राप्रपा आन्तरिक गृहकार्य र सम्भावना भएका शक्तीसँग तालमेलसम्मको तयारीमा रहेको बेलामा म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनबाट वडा सदस्यमा तारा क्षेत्रीले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

लामो समयसम्म रोजगारीको सिलसिलामा कतारमा बसेर फर्किनुभएका क्षेत्रीले वडा सदस्य भएर जनताको सेवा गर्ने गरी उम्मेदवारी दिएको बताउनुभयो । ‘राप्रपाको बिचारलाई वडामा स्थापित गर्न चाहन्छु,‘अहिले मेरो वडा सदस्यमै उम्मेदवारी हुन्छ’ क्षेत्रीले भन्नुभयो । पुरानो पार्टी भएपनि लामो समयसम्म ठूला दलको बचस्व भएकाले पार्टीको संगठन बन्दै गरेको अवस्थामा तत्काल वडाबाट वडा सदस्यमा मात्रै उम्मेदवारी दिने तयारी भएको उहाँले बताउनुभयो ।

अन्य पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरु समेतको सुझाबमा आफु वडा सदस्यमा उम्मेदवारी दिने तयारीमा पुगेको क्षेत्रीले बताउनुभयो ।े विपन्न र उपचारको अभावमा रहेकाहरुलाई नियमित सहयोग सहित समाजसेवामा रुची रहेकाले जनताको मतबाट वडामा सेवा गर्ने बताउनुभयो । राप्रपामा क्षेत्रीलाई सक्रिय यूवाको रुपमा समेत चिनिने भएकाले पूर्वमन्त्री भिमप्रसाद गौचनले समेत अगाडी बढ्न र आफ्नो निरन्तर साथ हुने बताउनुभएको छ ।

Leave a Reply