मंगोल नेशनल अर्गनाइजेशनले धवलागिरी गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धवलागिरी–७ सिवाङका सकबहादुर पुनलाईसर्वसम्मत रूपमा उम्मेदवार छानेको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले बताउनुभयो ।

शुक्रबार गाउँपालिकामा आयोजित चुनाव लक्षित अभियानबाट उपाध्यक्ष, वडाका उम्मेदवार सहित अन्य योजनाका बारेमा समेत छलफल भएको जनाइएको छ ।

‘हामीले केही वडामा पनि उम्मेदवारी दिने तयारीमा छौ,‘अब करिब जिल्लाभरको उम्मेदवार टुंगो लगाउने तयारीमा छौ’ अध्यक्ष पुनले भन्नुभयो । पार्टीले जिल्लाका सबै स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिने र आफ्नो संगठन रहेका वडाहरुमा समेत उम्मेदवारी दिने गरी अभियानमा जुटेको छ ।

बेनी नगरपालिका–७,बिरेन्द्रचोक पार्टी कार्यालय रहेको मंगोलले यसअगाडी अन्नपूर्ण, मालिकाको अध्यक्षको टुंगो लगाएको छ भने केहीदिनमा मंगला र रघुगंगा गाउँपालिकामा समेत अध्यक्षको अन्तिम रुप दिने जनाइएको छ । बेनी नगरपालिकामा मेयरका उम्मेदवार मानिएका जिल्ला कोषाध्यक्ष वडा अध्यक्षमा घोषणा गरेपछि अर्को उम्मेदवारीको खोजी भइरहेको छ ।

Leave a Reply