बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनी नगरपालिकाको अध्यक्षमा देबेन्द्र बहादुर बानियाँलाई अघि सारेको छ ।

बानियाँ वडा कमिटीको वैठकबाट सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन हुनुभएको हो । त्यस्तै बैठकले वडा सदस्यहरु पनि टुङगो लगाएको छ । खुल्ला सदस्यमा ईश्वरसिंह खत्री, खेमराज पौडेल, दलित महिला सदस्यमा देवि सार्की र महिला सदस्यमा बिष्णु गुरुङ र कविता गुरुङलाई सिफारिस गरेको वडा कमिटीले जनाएको छ ।

नेकपा एमालेको पूर्व जिल्ला सदस्य बानियाँ सामाजिक सेवाका गतिविधिहरुमा सक्रिय हुनुहुन्छ । २०३१ सालमा भारतीय सेनामा भर्ति हुनुभएका बानियाँ २३ बर्षको सेवा पछि २०५३ सालमा निवृत्त हुनुभएको थियो । २०७४ सालमा धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङबाट स्नातकोत्तर तह उतिर्ण गर्नुभएका बानियाँ सिंगामा उच्च छवि भएका पाका कम्युनिष्ट नेताको रुपमा परिचित हुनुहुन्छ ।

धौलागिरी मावि सिङगा बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनुभएको बानियाँ थुप्रै सामाजिक संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ । आफ्नो जीवनकालका विभिन्न अनुभवहरुलाई वडाको विकासमा प्रयोग गरि नमूना वडा बनाउने योजना बानियाँको रहेको छ ।

यहाँको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय सम्भावनाहरुलाई उजागर गरि वडाका नागरिकको आय आर्जनमा समेत सघाउ पुग्ने खालका गतिविधि संगै जनताको सेवामा समर्पित हुने उद्देश्यका साथ वडा अध्यक्षमा उम्मेदवारी दिएको बानियाँले बताउनुभएको छ । अमूल्य मत दिएर जिताउनका लागि बानियाँले सम्पूर्ण बेनपा ४ बासीहरुलाई अनुरोध गर्नुभएको छ ।

Leave a Reply