आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा नेकपा एमालेको वडाको उम्मेदवारले पूर्णता पाएसँगै चुनावी अभियानले तिब्रता पाएको छ । नेकपा एमालेका यूवा नेता एकजित रोकाको नेतृत्वमा उम्मेदवार टुङगो लगाएर घरदैलो अभियान सुरु गरेको हो ।

वडा अध्यक्षका उम्मेदवार रोका, खुल्ला सदस्यहरुमा ओमकार शेरपुञ्जा, नरबहादुर खत्री, महिला सदस्यमा दिलकुमारी खत्री र दलित महिलामा संगिता किसानलाई उम्मेदवार बनाएसँगै घरदैलो अभियानमा लागेको वडा अध्यक्षका उम्मेदवार रोकाले बताउनुभयो । वडाभित्रका विकास निर्माण सहितका अभियानमा सक्रिय रहनुभएका रोकाले जनप्रतिनिधिको हैसियतबाट समृद्ध कुहुँ बनाउने योजना सहित उम्मेदवारी दिएको बताउनुभयो ।

Leave a Reply