आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम, ६ पाखापानी र ८ कुइनेमंगलेमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको हो ।

मओवादी केन्द्रबाट बेगमा भविन्द्र शेरपुञ्जा, भगवतीमा नरबहादुर भण्डारी, दग्नाममा बि प्रसाद पुन, पाखापानीमा सन्तोष विक र कुइनेमंगलेमा चित्र घर्तिलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरिएको नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सबै वडामा वडा सदस्यका उम्मेदवारहरुको समेत चयन गरिसकिएको छ । वडा नम्बर ३ पिप्लेमा भने माओवादीबाट वडा अध्यक्षका प्रत्यासीहरुमध्ये वडा कमिटीबाट चार जनाको नाम सिफारिस भएकोमा गाउँपालिका कमिटीमा छलफल गरि रेशम कटुवाल र नारायण सुवेदीको नाम पार्टीको जिल्ला समन्वय समितिमा सिफारिस गरिएको छ।

माओवादीबाट पिप्लेमा वडा अध्यक्षका प्रत्यासी सुवेदी पार्टीको वडा कमिटी अध्यक्ष र कटुवाल अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष एमव् केन्द्रिय सदस्य हुनुहुन्छ । रघुगंगाको अन्य दुई वडामा समेत छिट्रै वडा अध्यक्षका उम्मेदवारको टुंगो लगाउने जनाइएको छ ।

ADV

Leave a Reply