आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकाको सात वडामा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । वैशाख ३० गते सम्पन्न हुने निर्वाचन नजिकिदै गरेको अवस्थामा एमाले अन्नपूर्ण पालिका कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो ।

वडा नम्बर २ भुरुङ्गतातोपानीमा श्यामकुमार राना मगरलाई वडा अध्यक्षको उम्मेदवार चयनगरिएको छ । बिष्णु कुमारी गर्बुजा, सुनमाया शेरपुन्जा, राजु पाईजालाई वडा सदस्यको उम्मेदवार बनाईएको छ भने दलित महिला सदस्य चयन गर्न बाँकी रहेको नेकपा एमाले जिल्ला कमिटी सचिव सुरज केसीले जानकारी दिनुभयो ।

वडा नम्वर ३ दानामा रमेश पूर्जा मगरलाई अध्यक्षको उम्मेदवार चयनगरिएको छ । खुल्ला महिला सदस्य आशा गुरुङ, दलित महिला सदस्य पार्वती बिक, सदस्यमा लालपुन र दुर्गादत्त सुवेदीलाई उम्मेदवार बनाईएको छ ।
त्यस्तै वडा नम्बर ४ नारच्याङ्गमा तेज बहादुर गुरुङ लाई वडा अध्यक्षको उम्मेदवार बनाईएको छ भने महिला सदस्य लक्ष्मी खड्का गर्बुजा, दलितमहिला सदस्यमा गौमाया बिक, सदस्यहरुमा आइतबहादुर पुनपूर्जा, र मन बहादुर पूर्जालाई उम्मेदवार बनाईएको छ ।

वडा नम्वर ५ शिखमा विसन रानालाई वडा अध्यक्षको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरिएको छ । शिखमा सदस्यहरुको उम्मेदवार भने चयन हुन बाँकी रहेको छ । वडा नम्वर ६ घारमा भक्तबहादुर खड्का वडा अध्यक्षको उम्मेदवार चयनहुनुभएको छ । खुल्ला महिला सदस्य सृजना बरुवाल, दलित महिला सदस्यमा जमुना परियार, चित्रबहादुर गर्बुजा र क्षेत्र बहादुर बरुवाललाई सदस्यको उम्मेदवार चयन गरिएको सचिव केसीले बताउनुभयो ।

त्यस्तै वडा नम्वर ७ हिस्तानमा मइलन पुनलाई अध्यक्षको उम्मेदवारमा अघि सारिएको छ भने गौमया गर्बुजा, सम्झना पौडेल बिक, गेम बहादुर पुन र बुिद्धबीर पुनलाई सर्वसम्मत वडा सदस्यको उम्मेदवार बनाईएको छ ।
वडा नम्वर ८ राम्चेमा हालकै वडा अध्यक्ष खमबहादुुर गर्बुजा पुन लाई अध्यक्षको उम्मेदवार बनाईएको छ । बेग कुमारी पुन, एलिना रसाईली बिक, गेममाया पुन र यामबहादुर पुनलाई वडा सदस्यको उम्मेदवार चयनगरिएको सचिव केसीले जानकारी दिनुभएको छ ।

नेकपा एमालेले अन्र्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार भने यसअघिनै चयन गरिसकेको छ । अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाईएको एमाले म्याग्दीले जनाएको छ ।

Leave a Reply