बेनी नगरपालिका-७,का एक सफल यूवा ब्यवसायीले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । समाज रुपान्तरण तथा समृद्ध वडा बनाउन युवा नेत्रृत्व आवश्यक रहेको भन्दै नरेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

म्याग्दीका सामाजिक तथा मानवीय सेवामा सक्रिय विभिन्न संघसंस्थामा आवद्ध श्रेष्ठले वडाभित्र केही नमुना काम गर्न ब्यवसायसँगै जनताको सेवामा काम गर्ने बताउनुभयो ।‘मैले सुविधाका लागि उम्मेदवारी दिएको छैन रलोकप्रिय हुन उम्मेदवारी दिएको होईन्’ श्रेष्ठले भन्नुभयो ।

वडाभित्र केही काम गर्न सोच सहित चुनावी मैदानमा उत्रिएको बताउँदै विस्तारै घरदैलो अभियान, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट भोट मागिरहेकाले एकपटक वडाबासीको साथको अपेक्षा गरेको श्रेष्ठको भनाई छ ।

म्याग्दी जिल्लाकै प्रशासनिक क्षेत्र भएको वडालाई नमुना बनाउन सकेमा जिल्ला नै नमुना हुने भएकाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने, वडाभित्र आवश्यक योजनाहरुका बारेमा वडाबासीको राय संकलन गर्न आवश्यक रहेको श्रेष्ठको भनाई छ । यूवालाई उद्यमी, महिलालाई सीप र ज्येष्ठ नागरिकलाई सम्मान सहितको घोषणापत्र समेत सार्वजनिक गर्ने बताउनुभयो ।

लायन्स क्लव बेनी पिस सिटीको अध्यक्ष हुदाँ श्रेष्ठले भोकभोकै मर्ने थालेका पशुचौपायालाई खाना देखि विपन्नलाई खाद्यान्न सहित स्वास्थ्य साम्रागी वितरण गरी लायन्सको देशभरी नै उत्कृष्ट शाखाको सम्मान समेत प्राप्त गर्नुभएको थियो । बेनपा–७ मा श्रेष्ठको उम्मेदवारीले चर्चा सुरु भएको छ। यसअगाडी वडामा स्वतन्त्रबाटै बेनी नगरपालिकाका पुर्व कर्मचारी कृष्णप्रसाद शाक्यले समेत उम्मेदवारी घोषणा गर्नुभएको छ ।

Leave a Reply