बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्यागदीको बेनी नगरपालिका-९ घतानको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट सूर्य प्रकाश बानियाँ (सागर) उम्मेदवार चयन हुनुभएको छ । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा बानियाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । बानियाँ माओवादीको वडा कमिटी अध्यक्ष समेत हुनुहुन्छ।

वडा कमिटीको बैठकमा सहिद परिवारका सदस्य गणेश सुवेदी र वडा कमिटी अध्यक्ष बानियाँले वडा अध्यक्ष पदको उम्मेदवार बन्न दावि गर्नुभएको थियो । बैठकमा दुबै जनाबिच भएको छलफल पछि सुवेदीले बानियाँलाई नै अध्यक्ष पदमा सघाउने प्रतिबद्धता सहित पछि हटेपछि बैठकले बानियाँलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

स्थानीय संघ संस्था र विभिन्न क्षेत्रमा रहेर सामाजिक कार्यहरुमा हाँसिल गरेको अनुभवलाई समग्र वडाको विकासमा लगाउने अठोट सहित वडा अध्यक्ष पदमा उम्मेदवार बन्न लागेको बानियाँले बताउनुभयो । बानियाँले टिमुर खेतिबाट आफुलाई उत्कृष्ट कृर्षकको रुपमा चिनाइसक्नुभएको छ । आफुले वडालाई भौतिक पूर्वाधारको विकास संगै कृषि हबको रुपमा विकास गर्ने योजना सहित वडा अध्यक्षको उम्मेदवारको रुपमा अघि बढेको बताउनुभयो । वडा कमिटीले अन्य सदस्यहरुको उम्मेदवार भने केहि दिनमा सिफारिस गर्ने जनाएको छ ।

Leave a Reply