म्याग्दीका एक शिक्षकले राजिनामा दिएको भोलीपल्टै आसन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ । लामो समयदेखि शिक्षण पेशामा संलग्न मन बहादुर खड्कालाई नेकपा एमालेले बेनपा–९ घतानको वडा अध्यक्षमा उम्मेदवार बनाएको छ । वडा कमिटीको वैठकले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

स्थानीय स्यालीखेत आधारभूत बिद्यालयको प्रधानाध्यापक समेत रहनुभएका खड्कालेसो पदबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रिनुभएको छ । करिब ३२ बर्ष गलेश्वर मावि तोरीपानिमा अध्यापन गराउनुभएको थियो भने हाल बिगत ८ बर्षदेखि स्यालीखेत आधारभूतमा प्रअको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

जडभरत बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष,घतान सामुदायिक अध्ययन केन्द्रका सचिव समेत रहनुभएका खड्काले समाज परिर्वतन र समाज सेवा आफ्नो मुख्य लक्षय भएको बताउँदै उनले अब राजनीतिमा होमिएको बताउनुभयो । लामो समय सम्म शिक्षण सेवामा रहेपनि समाज सेवाको निम्ती आफ्नो उम्मेदवारी रहेको खड्काको भनाई छ । दुई मतदान स्थल र चार मतदान केन्द्र रहेको बेनपा ९ मा तीन हजार २१८ मतदाता रहेका छन ।

Leave a Reply