---Advertisement---

मंगलामा कांग्रेसले बिरेन्द्र बुढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाउने

On: April 19, 2022 7:38 PM
Follow Us:

आगामी बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मंगला गाउँपालिकाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गाउँपालिका समितिले जिल्ला सहसचिव श्रीराम पौडेल, बुढाथोकी र पुष्कर पुनको नाम सिफारिस गरेकोमा बुढाथोकीलाई उम्मेदवार बनाउने सर्वसम्मति भएको जिल्ला सचिव हिरा पुनले बताउनुभयो ।

पार्टी कार्यालयमा पालिका भित्रका वडा अध्यक्षका प्रत्यासी, सभापति तथा पालिकास्तरका नेताहरुको उपस्थितीमा भएको छलफलबाट बुढाथोकीको नाममा सर्वसम्मत भएको सचिव पुनको भनाई छ । अध्यक्षका प्रत्यासी बुढाथोकी मंगला–५, निवासी हुनुहुन्छ ।

नेपाली कांग्रेस मंगला समितिका सचिव, मगर संघ मंगलाका अध्यक्ष समेत रहनुभएका बुढाथोकीले पार्टीलाई एक बनाएर चुनावी मैदानमा होमिने बताउनुभयो । समृद्ध मंगला बनाउन जनभावना अनुसारको काम गर्ने बताउँदै बुढाथोकीले पार्टी दिएको जिम्मेवारीलाई सहज रुपमा स्वीकार गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा आफु सहित कांग्रेसका सवै उम्मेदवारलाई जिताउनका लागि चुनावी योजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ ।