अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

धवलागिरी-३ मुनामा नेकपा एमालेबाट अध्यक्षमा मदन मल्ललाई उम्मेदवार

On: April 19, 2022 8:54 PM
Follow Us:

नेकपा एमालेले धवलागिरी गाउँपालिका-३,मुनाको वडा अध्यक्षमा मदन मल्ललाई उम्मेदवार बनाएको छ । मुनामा सम्पन्न वडा कमिटीको बैठकले नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् मुनाका ईन्चार्ज मदन मल्ललाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।

सफल युवा व्यवसायीको पहिचान बनाउनुभएका मल्ल धवलागिरी गाउँपालिका–३ फलियागाउँ निवासी हुनुहुन्छ । ब्यवसायसँगै राजनीतिमार्फत समुदायको सेवा गर्न मैदानमा उत्रिएको मल्लले बताउनुभयो ‘मैले जनताको सेवा गर्न फरक भूमिकामा देखिन खोजेको छु,‘मुनाबासीको समस्यामा हरेक समय साथ मै हुन्छु’ मल्लले भन्नुभयो ।

सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवारमा चयन हुनुभएका मल्लले मुनाको विकासमा नयाँ भिजनका साथ काम गर्ने बताउनुभयो ।शिक्षा, स्वास्थ्य, युवा रोजगार, दलित जनजाति तथा महिलाहरुको विकासमा नयाँ ढंगले काम गर्ने सोँच बनाएको मल्लले बताउनुभयो । मुनाको विकट मानिने दरगाउँ सहित अन्य बस्तीका जनतालाई सुविधा दिने गरी नयाँ योजना सहित आउने मल्लको भनाई छ ।