आउँदो वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले बेनी नगरपालिकाको विभिन्न वडामा उठ्ने वडा अध्यक्षको उम्मेदवारको नाम सिफारिस गरेको छ । बेनीमा बसेको पार्टीको बेनी नगर समितिको वैठकले वडाध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको हो ।

सो पार्टीको नगर समितिका अध्यक्ष देवेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न वैठकले बेनी नगरपालिका–१, रत्नेचौरमा नगेन्द्रबहादुर बोगटी, २ नम्बर वडा ज्यामरुककोटमा चन्द्रबहादुर कुँबर, देवेन्द्रबहादुर घिमिरे, ५ नम्बर वडा पुलाचौरमा श्यामप्रसाद श्रेष्ठ, बेनपा–७, बेनीमा हरिबहादुुर शाक्य, बेनपा–८, बेनीमा क्याप्टेन झलप्रसाद गौचन र ९ नम्बर वडा घतानमा यामबहादुर बानियाँलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा योगेन्द्रमान शेरचन, विनोद भट्टचन र सम्भोज मल्लले पनि उम्मेदवार बन्ने मनसाय व्यक्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका अध्यक्ष विरबहादुर थापाले बताउनुभयो । उहाँले आउँदो वैशाख ९ गते (शुक्रबार) बेनीमा बस्ने राप्रपाको जिल्ला कार्यसमितिको वैठकले जिल्लाको सबै स्थानीय तहमा उठ्ने उम्मेदवारहरुको नामावली टुङ्ग्याइने जानकारी दिनुभयो ।

Leave a Reply