अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

नेपाली कांग्रेस बेनपा-९ मा चक्रबहादुर केसी सर्वसम्मत

On: April 19, 2022 9:24 PM
Follow Us:

अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका-९,ले चक्रबहादुर केसीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ ।

वडाबाट प्रस्तावित उम्मेदवारहरुको सहमतिमा केसीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।गएको निर्वाचनमा वडा अध्यक्षमा ७९ मतले पराजित हुनुभएका केसीले निर्वाचनमा पराजित भएपनि वडा भित्रका गतिविधिमा निरन्तर सक्रिय हुनुहुन्थ्यो ।

कोरोनाको पहिलो र दोस्रो लहरमा स्थानीयस्तरमा स्वास्थ्य साम्रागी वितरण सहितको घरदैलो अभियानमा समेत सक्रिय हुनुभएका केसीले एकपटक वडाको नेतृत्व गर्न चाहेको बताउनुभयो ।

‘केही योजना बनाएको छु,‘वडाबासीको हितमा काम गर्ने गरी एकपटक अवसर खोजेको छु’ केसीले भन्नुभयो। धार्मिक, पर्यटनमा सम्भावना भएको घतानको एकिकृत विकास सहित शिक्षा, स्वास्थ्य सहितका सामाजिक कार्यहरुमा समेत बजेटलाई प्राथमिकता दिने बताउनुभयो ।

उहाँले वडा भित्रका विद्यालयमा शैक्षिक दरबन्दी तथा जनशक्तीका लागि समेत आफ्नो कार्यकालमा ठोस पहल गर्ने बताउनुभयो । सत्ता गठबन्धन बिचको तालमेलको सम्भावना न्यून भएकाले नेपाली कांग्रेसले जिल्लाभर उम्मेदवारी घोषणालाई अन्तिम रुप दिन थालेको छ ।