आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बेनी नगरपालिका ५ को वडा अध्यक्षको उम्मेदवारमा गोविन्द बानियाँ सर्वसम्मत हुनुभएको छ । बानियाँ हाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ । २०४२ सालमा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिनुभई पौलस्त्य मावि भिरमुनीको कक्षा ८ को प्रारम्भिक कमिटीको उपाध्यक्ष हुँदै बिद्यार्थी राजनीति सुरु गर्नुभएका बानियाँ त्यस यता निरन्तर एमालेको राजनीतिमा सक्रिय हुनुहुन्छ ।

हाल थुप्रै संस्थामा आवद्ध रहि सामाजिक गतिविधिहरुमा क्रियाशिल उच्च छवि भएका बानियाँ सरल स्वाभाव र मिलनसार व्यक्ति हुनुहुन्छ । सवैसंग सुमधुर सम्वन्ध राख्ने व्यक्तित्वले उहाँ पुलाचौरमा लोकप्रीय हुनुहुन्छ । बैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियामा समेत पुग्नुभएका बानियाँ फर्किएपछि कोरियन भाषा शिक्षामा समेत लामो समय केन्द्रित हुनुभयो ।

वडा अध्यक्षका प्रत्यासी बानियाँले बेनी नगरपालिकालाई विश्वसामु चिनाउने वडा नै पुलाचौर भएकाले आफ्नो ध्यान धार्मिक, पर्यटन, शिक्षा, कृषि लगायतका क्षेत्रमा देखिएको सम्भावनालाई उजागर गर्ने रहेको बताउनु्भयो । वडा अध्यक्ष बानियाँले निर्वाचनलाई लक्षित गरी वडामा सम्पर्क कार्यालय समेत खडा गर्नुभएको छ । तीन मतदान स्थल र चार मनदान केन्द्र रहेको बेनपा ५ मा दुई हजार ७३७ मतदाता रहेका छन । यस अघिको निर्वाचनमा पनि बेनपा ५ मा एमालेले जितेको थियो ।

Leave a Reply