अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका-५,पूलाचौरको वडा अध्यक्षमा यामबहादुर बानियाँलाई उम्मेनवार बनाएको छ । वडाबाट सिफारिस गरिएका उम्मेदवारमध्ये बानियाँलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

गएको स्थानीय तहको निर्वाचनमा समेत उ्रम्मेदवार रहेका बानियाँले ६७९ मत ल्याउनुभएको थियो भने नेकपा एमालेका लक्ष्मण बानियाँले ६९९ प्राप्त गरी विजय हुनु्भएको थियो ।वडामा झिनो मतले पराजित भएपनि बानियाँ वडाभित्रका विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो ।

जगन्नाथ निर्माण समितिका अध्यक्ष समेत रहनुभएका बानियाँले नेपालमा बाइसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औँ शताब्दीताका तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर निर्मित जगन्नाथ मन्दिरको संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

उम्मेदवार छनौटपछि वडामा पुगेर थप योजना बनाउने बानियाँको भनाई छ । वडा सदस्यहरुको पद केही दिनमा टुंगो लगाइने वडा समितिले जनाएको छ । वडामा नेपाली कांग्रेस र नेकपा एमाले बिच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ ।

Leave a Reply